प्रदेश सरकार भ्रष्टाचारमा लिप्तःमाधव नेपाल


नेकपाका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रदेश सरकार अनियमिततामा लिप्त रहेको बताउनु भएको छ । उहाले अहिले विभिन्न प्रदेशको योजनाहरुमा खुलेयाम अनियमिततामा लागेको बताउनुभयो । नेकपा पार्टी कार्यालयको उट्घाटन गर्न बुधबार मलंगवा आएका नेता नेपालले प्रदेश सरकारका मन्त्रीले सरकारी पैसामा लुट मच्चाएको आरोप लगाए । सय प्रतिशत काममा ७५ प्रतिशत रकम गोजीमा र २५ प्रतिशत रकम मात्र काममा लागउने गरेको उनले ठोकुवा गरे । कम पैसा लगानी गरी ब्रम्हलुट गरेपछि काम पनि गुणस्तरहिन हुने उनको भनाइ छ । मधेशमा टाढाबाठाले गरिबलाई ठग्ने गरेको उनको आरोप छ ।
‘६ वटा प्रदेशमा हाम्रो पार्टीको सरकार छ’, नेता नेपालले भने, ‘यहाँ मात्र हाम्रो उपस्थिति छैन । हाम्रो पार्टीले चलाएको प्रदेश र प्रदेश नं. २ मा धेरै अन्तर छ ।’ 


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: