एसईईको नतिजा आज सार्वजनिक हुँदैन स् राष्ट्रिय परीक्षा बोर्ड


माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्डले बुधबार नतिजा सार्वजनिक गर्ने सम्भावना नरहेको स्पष्ट पारेको छ । बोर्ड अध्यक्ष चन्द्रमणि पौडेले आज (बुधबार) नतिजा सार्वजनिक नहुने पुष्टि गरे । ‘आज रिजल्ट हुँदै हुँदैन, नतिजा प्रकाशनको तयारी चलिरहेको छ,’ उनले भने, ‘अन्तिम रुजु र क्रस चेकिङको काम भइरहेको छ, सकिनासाथ नतिजा सार्वजनिक हुन्छ ।’परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले पनि आज नतिजा सार्वजनिक गर्ने कुनै तयारी रहेको जनाए। नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बस्नु पर्छ। बुधबार मध्यान्हसम्म बोर्ड बैठक डाकिएका छैन। बोर्डका एक सदस्यले भने, ’यतिखेर त बैठक बोलाइ सक्नुपर्ने हो। बोलाइएको छैन। रिजल्ट हुने सम्भावना देख्दिनँ।’यतिबेला पनिकाका कर्मचारीहरुले नतिजा सार्वजनिकका लागि अन्तिम रुजु र क्रस चेकिङको काम गरिरहेका छन्।कुनै प्राविधिक समस्या उत्पन्न नभए बिहीबार रिजल्ट सार्वजनिक हुने सम्भावना बढी रहेको अधिकारीले जनाए। ‘कम्प्युटरमा प्रविधिकहरु डाटा इन्ट्रीसँगै रुजु गरिरहेका छन,’ उनले भने, ‘कुनै वाधाअवरोध नभए ४८ घण्टा भित्रसम्म नतिजा आउँछ।’मंगलबार अपराह्न र बुधबार बिहानैदेखि नतिजा प्रकाशन हुने खबर विभिन्न अनलाइन तथा सोसल मिडियामा छ्याप्छ्याप्ती भएको थियो। अधिकारी ती समाचार र सूचनाको खण्डन गर्दै भने, ’रिजल्ट प्रकाशनको तयारी गर्दा कामको चापअनुसार केहीघण्टा तलमाथि हुनसक्छ। यसैले कार्यालयले नतिजा प्रकाशनको मिति र समय तय नगरिएको हो। हल्लाको पछि नलागौं।’ नतिजा सार्वजनिक गर्नु केहीघण्टा अघि सञ्चारमाध्यमहरुलाई समेत खबर गर्ने चलन छ।बोर्डका सदस्यहरुले मंगलबार नतिजा प्रकाशनको तयारीबारे निरिक्षण समेत गरेका थिए। गतवर्ष नतिजा प्रकाशन गर्दा करिब ९ हजार विद्यार्थीको ग्रेडसिटमा समस्या देखिएकाले यसपाली रिजल्ट सार्वजनिकमा हतार नगर्ने मनस्थितिमा बोर्डका कर्मचारीहरु छन्। निरीक्षणको क्रममा मंगलबार नतिजा प्रकाशनको नमुना परीक्षण (डेमो) समेत गरिएको थियो। गतवर्ष जस्तो त्रुटी नहोस् भनेर उच्च सर्तकता अपनाइएको बोर्डका सदस्यहरुले बताए। उनीहरुले परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीहरुलाई हतार नगर्न समेत सुझाव दिएका हुन्।

मुलुकभरबाट ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए। चैत १० गतेदेखि एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। यसपटक अनिवार्य विषयहरुको प्रश्नपत्र फरकरफरक बनाएर परीक्षा लिइएको हो। नतिजा पनि प्रदेशअनुसार छुट्टाछुट्टै तर एकैपटक सार्वजनिक गर्ने तयारी छ। गतवर्ष असार ९ गते रिजल्ट भएको थियो। यसवर्षको परीक्षामा प्रदेश २ मा प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर परीक्षा स्थगित हुँदा केही दिन ढिला हुन पुगेको हो।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: