राष्टपति र प्रधामन्त्रीव्दारा ईदको शुभामना


इस्लाम धर्मावलम्बीको महान चाड ‘इद उलफित्र’का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मालवम्बीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेकी छन् ।भण्डारीले बुधबार एक शुभकामना सन्देश जारी गर्दै यस पर्वले सबै समुदायका नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गरेकी छन् ।संविधानले सबै धर्म र संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्य लिएको उल्लेख गर्दै उनले मुस्लिम समुदायको संस्कृतिको संरक्षण गर्न इद उलफित्रको महत्त्वपूर्ण भूमिका रहने बताएकी छन् ।इद उलफित्र मुस्लिम समुदायको ठूलो पर्व हो । यस अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
त्यसैगरि प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको चाड इद उलफित्रले सबै धर्म र संस्कृति अँगाल्ने नेपालीबीच सौहार्दता र राष्ट्रिय एकताको भावना मजबुत पार्ने विश्वास व्यक्त गरेका छन् ।इल उलफित्रको अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले रमदानको अवसरमा एक महिनाभर भोक तिर्खा बिर्सेर गरिने भक्तिले आदर्श जीवनयापनको माग देखाएको उल्लेख गरेका छन् ।नेपालको संविधानको प्रस्तावनामै देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा जुनसुकै धर्म र संस्कृति अवलम्बन गर्ने हरेक नेपाली नागरिकको धार्मिक तथा सांस्कृतिक जीवनमा हर्षोल्लासका साथ सहभागी हुने अधिकार संविधानमा सुनिश्चित भएको बताएका छन् ।‘उत्साहको यही परिवेशमा आर्थिक–सामाजिक रुपान्तरणको ध्येयका साथ सारा देश ‘सुखी नेपाली, समृद्ध नेपाल’को
इदुल्ल फित्रको अवसरमा प्रदेश सरकारले दियो विदा
प्रदेश २ सरकारले मुस्लिम धर्मावलम्बीको पर्व इदुल्ल फित्रको अवसरमा विदा दिने भएको छ । प्रदेश २ सरकारले भने बुधबार अर्थात जेठ २२ गते विदा दिने निर्णय गरेको छ ।प्रदेश मन्त्रीस्तरीय बैठकले बुधबार इद उल फित्रको विदा दिने निर्णय भएको आन्तरिक तथा कानून मन्त्रालयका शाखा अधिकृत हेमबहादुर कार्कीले बताएका छन् ।प्रदेश २ मा अधिकांश मुश्लिम धर्माम्बलीहरुले बुधबार नै इद पर्व मनाउनेछन् ।

राष्ट्रिय आकांक्षा पूरा गर्न अग्रसर छ’, सन्देशमा भनिएको छ ।संविधानले धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहितको धर्म्निरपेक्षतालाई सुनिश्चित गरिसकेको आजको परिप्रेक्ष्यमा नेपालका मुस्लिम समुदायलगायत सबैको धार्मिक तथा सांस्कृतिक अधिकारको प्रत्याभूति सन्देशमा उल्लेख छ ।सन्देशमा प्रधानमन्त्री ओलीले देशमा इस्लाम धर्मावलम्बीको धार्मिक स्वतन्त्रता, हकअधिकारलाई सुव्यवस्थित एवं सुनिश्चित गर्न संवैधानिक व्यवस्थाअनुरुप मुस्लिम आयोग पनि क्रियाशील रहेको स्मरण गराएका छन् ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: