प्रधानमन्त्री ओलीसँग विभिन्न देशका महावाणिज्य दूतद्वारा भेटघाट


प्रधानमन्त्री केपी शर्मा ओलीसँग विभिन्न देशमा रहेका नेपालका लागि अवैतनिक महावाणिज्य दूतले भेटघाट गरेका छन् । आज बिहान बालुवाटारमा भएको भेटमा नेपालका राष्ट्रिय प्राथमिकतालाई सम्बन्धित देशमा कसरी प्रवद्र्धन गर्र्ने भन्ने बिषयमा छलफल भएको हो । नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा धेरै मुलुकका नागरिकलाई नेपालमा भित्र्याउने सन्दर्भमा पनि छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले नेपालमा बैदेशिक लगानी भित्र्याउनका लागि पहल गर्न पनि महावाणिजयदूतलाई आग्रह गर्नुभएको छ । भेटमा विभिन्न कामको सिलसिलामा विदेशमा पुगेका नेपालीको सुरक्षाका विषयमा, त्यहाँ भएका अफ्ठ्यारा स्थितिको बारेमा नेपालका तर्फबाट पूर्ण सहयोग हुनुपर्ने प्रधानमन्त्री ओलीको धारणा थियो । प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय आकाङ्क्षा ‘सुखी नेपाली, समृद्ध नेपाल’ को लक्ष्य हासिल गर्नका लागि छिमेकी देशबाट भइरहेको सहयोगका लागि धन्यवाद दिनुभएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: