नेकपामा मन्त्रीमण्डल हेरफेरको तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री मण्डल हेरफेरको तयारी थाल्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्रीहरु हेरफेर हुने भएको छ । आगामी आर्थिक बर्षको बजेट र त्यससंग आश्रित विधेयकहरु संघीय संसदबाट पारित भईसके लगत्तै नेकपाले मन्त्रीमण्डल हेरफेरको तयारी अघि बढाएको हो । वर्तमान सरकारमा रहेका केहि मन्त्रीहरुको कार्यसम्पादनमा पार्टी भित्रैबाट असन्तुष्टि बढिरहेका बेला ओलीले मन्त्री हेरफेर गर्ने तयारी गर्नुभएको हो । त्यसका लागि नेकपाका २ अध्यक्षबिच छलफल चलिरहेको नेकपा स्रोतले जनाएको छ । स्रोतले भन्यो– ६–७ जना मन्त्री परिवर्तनको तयारी भईरहेको छ । केहि दिनमै त्यसको टुंगो लाग्छ । प्रधानमन्त्री ओली र अध्यक्ष पुष्प कमल दाहाल त्यसको अन्तिम गृहकार्यमा हुनुहुन्छ ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: