मनिष सुमन भन्छन ःराजपाले निति कार्यक्रममा संसोन हाल्छ

प्रदेश नम्बर २ सरकारले ल्याएको निति कार्यक्रमको सत्ताधारी पक्षले सकारात्मक रहेको भन्दै स्वागत गरेको छ भने विपक्षी दलहरुले निति कार्यक्रम सरकारको हावादारी कुराको पुलिन्दा मात्रै भएको जनाएको छ। निति कार्यक्रम विषयमा प्रतिक्रिया दिदै मुख्यमन्त्री लालबाबु राउतले निति कार्यक्रममा विकासलाई मुख्य प्राथमकिा राखिएको बताउनुभयो । उहाले वितगमा कानुन निर्माणमा रहेको कारणले गर्दा विकासको कार्यमा जटिला आएको भएपनि यस पटक भने विकासलाई बढि प्राथमकिता दिएको प्रतिक्रिया दिनुभयो ।
उहाले प्रदेशको समृद्धि आफनो प्राथमकिता रहेको बताउनुभयो ।त्यसैगरि राजपा संसदीय दलका नेता एवं भौतिक पुवर्धार विकास मन्त्री जितेन्द्र सोनलले निति कार्यक्रम सबै कुरालाई छाएर आएको कारणले निकै महत्वपुर्ण रहेको बताउनुभयो । उहाले आफनो पार्टीको केही कुराहरुमा असंतुष्टि रहेको भएपनि छलफल पछि ती सबै कुरा सम्बोधन भएको बताउनुभयो ।
सोनलले निति कार्यक्रममा धार्मिक क्षेत्रको विकासमा बढि ध्यान दिइएको समेत बताउनुभयो । उहाले विकासको कार्यलाई अगाडि बढाउन प्रदेश सरकारको पहिलो प्रथामितका रहेको बताउनुभयो । त्यसैगरि राजपाका सांसद रानी शर्मा तिवारीले निति कार्यक्रममा महिलाको विषयमा मौन देखिएको प्रति असंतुष्टि जनाउनु भयो । राजपा नेपालका प्रदेश सभा सदस्य मनिष सुमनले निति कार्यक्रम कर्मकाण्डि रुपमा मात्रै आएको बताउदै शब्द जालमा सुन्दर रुपमा राखिएको बताउदै धेरै कुराहरु नसमेटिएको कारणले राजपा नेपालले यसमा संसोधन प्रस्ताव हाल्ने समेत बताउनुभयो ।
त्यसैगरि नेकपाका सांसद राम चन्द्र मण्डलले समेत निति र कार्यक्रमले सन्तोष लिने ठाउ नदेखिएको बताउनुभयो । उहाले प्रदेश सरकारले यसलाई टेकेर बजेट ल्याउने गरिएको कारणले धेरै त्रुटिहरु रहेको बताउनुभयो ।
निति कार्यक्रम प्रति सरकारमा सहभागि दलहरुको समेत असंतुष्टि रहेको छ। उनिहरुले समेत संसोधन प्रस्ताव हाल्ने तयारी गरेको छ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: