स्थानिय जनप्रतिनिधिव्दारा छुवाछुत गरिदै


मुलुकमा गणतन्त्र स्थापना भएर समानताको कुरा संविधानमा लेखिएपनि धनुषामा अहिले पनि छुवाछुत कायमै रहेको छ। संविधानमा जातिय समानताको कुरा उल्लेख भएपनि त्यो कागजमा मात्रै सिमित बनेको छ। धनुषाको हंसपुर नगरपालिकामा कार्यरत रहेको एक जना डोम समुदायका महिलाले छुवाछुत सिकार बन्दै आएका छन। ५५ वर्षिय हंसपुर नगरपालिका वडा नम्बर ३ बस्ने कुनो देवि सो नगरपालिकामा विगत एक वर्ष देखि सरसफाई कर्मचारीको रुपमा नगरपालिकामा नियुक्ती पाएका थिएन । उनलाई नगरपालिकाले प्रत्येक महिना १० हजार रुपैया दिने गरि नियुक्त पत्र दिएको थियो । तर एक वर्ष देखि कार्यरत रहेको उनि अहिले सम्म २९ हजार रुपैया मात्रै पाएकी छिन । उनले आफुले कार्यालयको सरफाई देखि शौचालयको सफाई समेत गर्ने गरेको बताइन । तर अहिले सम्म तलव समेत नपाएको उनको गुनासो रहेको छ। अर्को तर्फ आफुले पानी लिएर मेयर राम ज्ञान मण्डल,उपमेयर रेणु झालाई पानी खाना जादा समेत आफुले तल्लो जाति भनेर हेप्ने गरेर र गाली गरेर फार्काउने गरेको गुनासो सुनाइन । सरकारले संविधानमा समानताको कुरा गरेर पनि त्यो अहिले कागजमा मात्रै सिमित बनेको छ भने समाजमा कथित रुपमा रहेको तल्लो जातियहरु छुवाछुतको सिकार बन्दै आएका छन। जनप्रतिनिधिरुले विभिन्न सभाहरुमा समानताको कुराहरु गर्ने गरिएको भएपनि उनिहरुबाट नै अहिले समाजिक वहिष्करणमा कथित तल्लो जातिहरु पर्ने गरेका छन। तीनै प्रतिनिधि सभा सम्मेलनमा जादा छुवाछुतको विरुद्धमा चर्को भाषण गर्ने गरेका छन। तर उनिहरु आफै यस्तै व्यवहार प्रदर्शन गर्ने गरेका छन ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: