राजनीतिमा गलतलाई काखी च्याप्ने र असललाई विस्थापित गर्ने कार्य भयो ःउमेश साह


बाबुराम भटटराईको नयां शक्ति अभियानमा किन लाग्नु भो  ?
नेपालमा आमुल परिवर्तन भएको छ। त्यो परिवर्तनको सुरुवात भन्नु पर्दा २०४६ सालको आन्दोलन पछि एक चरणको नेपालको राजनिति क्षितिजमा आमुल परिवर्तन भएको छ। हामीपनि त्यति बेला पनि नेपालको नयां किसिमले परिर्वतन होस भन्ने चाहेका थियौं ।मुलुकमा लोकतान्त्रिक प्रजातान्त्रिक विधि व्यवस्था कायम होस भन्ने सोचेका थियौं ।सुशासन कायम होस भ्रष्ट्राचार मुक्त नेपाल कायम होस त्यो चाहेका थियौं । तर त्यो नभएन । यसको कारणले एउटै भयो नेपालका राजनितिमा लागेकाहरु ईमान्दारिता देखाएन उनिहरु जनतालाई सपना त बाडेर तर त्यो सपनालाई सार्थक रुप दिन सकेन । त्यसकारणले नेपालमा आमुल परिवर्तन भएन ।
अब आमुल परिवर्तन हुन्छ त  ?
नेपालमा परितर्वनको चाहना बोका युवाहरु नै त्यति बेलाका प्रजातान्त्रिक आन्दोलनमा हामीले सहकार्य गरियौं आन्दोलन पनि सफल भयो । समावेशी बहुदलिय प्रजातन्त्र र संवैधानिक बहुदलिय व्यवस्थाको स्थापना भयो । २०४७ सालमा आएको संविधान र २०४८ सालमा भएको आम निर्वाचन पछि नेपालको राजनितिक जुन अवस्थामा जानु पर्ने थियो त्यो अवस्थामा गएन ।नेताहरुमा गलत राजनितिको सुरुवात भयो नेताहरुमा दम्भको अवस्था आयो । त्यस व्यवस्थामा पनि नातावाद कृपावाद निकै फष्टाए ।यो श्रखृला लामो समय देखि चलियो ।अन्तः जुन उदेश्यले प्रजातन्त्र आएको थियो त्यो उदेश्य पुर्ति हुन सकेन । त्यसकारणले राजनितिमा देखिएको विकृतिलाई हटाउने उदेश्यले २०५२ सालमा सशस्त्र युद्धको सुरुवात भयो ।त्यसक्रममा नेपालको शान्ति सुरक्षा खल्बलियो अन्ततः फेरि वार्ता र सहमति भयो । त्यसपछि नेपालमा अर्को राजनिति अध्यायको सुरुवात भयो । नेपालमा गणतन्त्रको स्थापना भयो तर त्यस व्यवस्थामा समेत जुन रुपमा नेपालको विकास र प्रगति हुनुपर्ने हो त्यो भएन ।  विवादित रुपमा भएपनि नेपालमा संविधान आउदा समेत आधा जनसंख्या त्यसमा  आफनो आपति जनाए । राजनितिक दलहरु दुई तिहाईको आधारमा संविधान पेलेर ल्याए । संविधानमा मधेसी जनताको भावना आउन सकेन । जनताहरु असंतुष्ट हुदा समेत नेताहरुको हैकमवादी प्रवृति नेपालको राजनिति दिसाहिन अवस्थामा पुगियो । यस क्रममा बाबुराम जि प्रधानमन्त्री र अर्थमन्त्री हुनु भयो । उहाले आफु सरकारमा हुदा नेपालको प्रगति हुनु पर्छ भन्ने ध्यान दिए ।उहाले नेपालको राजनितिलाई सकारात्मक दिसा तर्फ उन्मुख गराउन प्रयास गर्नुभयो । उहाको कार्य शैली हेर्दा नेपाललाई सही दिसा तर्फ दिने सम्भावनाका नेता म उहालाई हेरेको छु । म करिब २० वर्ष एमालेको राजनितिमा विताए तर जुन अपेक्षाका साथ राजनितिमा लागे त्यो पुरा भएन । म त एक प्रकारले राजनितिबाट विरक्त नै भएका थिए तर अहिले आएर सम्भावना युक्त नेता आएपछि मैले फेरि राजनितिमा सक्रिय भएको छु । मैले उहामा एउटा अग्रगामी र परिर्वतन शिल नेताको सम्भावना देखेको छु     
तपाई लामो समय एमालेको राजनितिमा लाग्नु भयो । उसले सर्वहाराको मुक्ति गर्छु भने तपाईलाई के लाग्छ एमाले सर्वहाराकोे पार्टीहरु वा समान्तवादी पार्टी हो ?
 कुनैपनि पार्टी ले मांग सर्वहारा किसिमले गर्छ तर पार्टीको गतिविधि भने सर्वहारा जस्तो लाग्दैन । उनिहरु एक किसिमले आफनो काम समान्तवादी जस्तो गर्छ ।एमालेपनि त्यसै क्रियाकलापमा लागे । एमाले समान्ती क्रियाकलाप तर्फ उन्मुख छ।
तपाईलाई के लाग्छ यसरी गयो भने एमालेको पतन हुन्छ  ?
पतन न नभनौ । तर पार्टी भित्र सत्ता लिप्साको क्रियाकलाप देखिएको छ। पार्टीमा राम्रो काम गर्ने पार्टीमा राम्रा व्यक्तिहरुलाई विस्थापित गरेर आफन्तहरुलाई काखी च्याप्ने ,नातावाद कृपावादलाई मलजल गर्ने परिपाटी देखिएको छ।नेपाली जनता यस्तो परम्पराको विरुद्धमा उभ्ने छन ।
यतिको मधेसवादी पार्टी हुदा हुदैपनि तपाई त्यसमा नगएर नयां शक्ति नै किन रोज्नु भयो ?
मधेसीवादी पार्टीमा नजानुको कारणले के हो भने म सुरु देखि नै राष्ट्रिय राजनितिमा लागेको मान्छु हु ।त्यसकारणले हामीलाई कुनै जात कुनै वर्ग कुनै भाषा कुनै संस्कृति को एउटौ हिसवाले जानु हदैन भन्ने मान्यता राखेको छु । नेपालको राजनितिकमा अहिले जसरी नयां राष्ट्रिय राजनितिको वैकल्पकी शक्तिको रुपमा जानु पर्छ त्यसकारणले अहिले जसरी नयां वकैल्पकी शक्तिको रुपमा नयां शक्ति आएको छ त्यसमा लागे । राष्ट्रिय अन्र्तराष्ट्रिय जगतमा सम्भावना भएको राजनेताको रुपमा भटटराई जी आउनु भएको छ उहालाई सहयोग गर्नु पर्छ त्यसकारणले यस तर्फ लागे ।
बाबुराम भटटराईको पनि निकै आलोचना भईरहेको छ नि
एउटा सफलताको लागि त्याग त गर्नै पर्छ ।राजनितिमा खराब प्रवतिको व्यक्तिहरुको हाली मुहाली थियो । त्यस्ता व्यक्रिहरु राम्रो बनाउने हिडनेहरुको आलोचना गर्छ नै । त्यस अनुसारले बाबुराम भटटराईको पनि आलोचना हुन्छ । त्यसलाई अन्यथा मान्नु हुदैन तर मुख्य कुरा चरित्र र कार्य शैलीले को व्यक्ति कस्ता छन भन्ने चिन्नु पर्छ । अहिले जसरी भिन्न राजनितिक चिन्तनले लिएर अगाडि आएपछि पुरातन पन्थीहरुलाई पच्ने कुरा भएन उनिहरु खाल्टो खिनरहेका छन ।
भट्टराईले नेपालको राजनितिलाई वैकल्पकी धार दिन्छ  ?
निश्चित रुपमा उहा दिनु हुन्छ ।मलाई उहाको नेतृत्व प्रति विश्वास पनि छ मैले एउटा समभावना युक्र नेतापनि उहामा देखेको छु ।  म आफै निकै लामो समय एमालेमा लागे । एमालेमा मनमोन अधिकार,माधवकुमार नेपाल,झलनाथ खनाल,अहिले केपी ओली प्रधानमन्त्री हुनु हुन्छ । यदि सत्ताको राजनितिकमा लाग्नको लागि मात्रै राजनितिक गर्न खोजेका थिए भने उहासंग टासिन्थे तर त्यो कुरा होइन । जनता परिवर्तन र सुशासन चाहन्छ हामी पनि त्यही चाहेका छौ ।   
अब तपाई फेरि सक्रिय राजनिति तर्फ लाग्नु भो ?
राजनितिमा विगतमा जसरी निषेध गर्ने कार्य गरियो त्यो गलत थियो । राम्रो व्यक्रिलाई पाखा लगाउने राजनितिमा जुन क्रियाकलाप भयो ।त्यो गलत थियो । राजनितिले परिवर्तन दिन्छ भने राजनितिमा गलत व्यक्रिलाई हटाएर राम्रो व्यक्तिहरु पनि आउनु पर्छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: