सेतो कोटको गजब कहानी


जनकपुरधाम । सधै सेतो कोटमा देखिने चिकित्सकहरुको कालो धन्दाहरु समेत हुने गरिएको रहस्य खुलेको छ। जनकपुरका धेरै जसो सेतो कोटधारक चिकित्सकहरुको राम कहानी सार्वजनिक भएको छ । केन्द्रिय अनुसन्धान ब्युरोले जनकपुरबाट चार जना चिकित्सकलाई पक्राउ गरेपछि जनकपुरमा एक प्रकारको हल्लाखल्ल मचिएको थियो । तर अहिले विस्तारै उनिहरुको नक्कली प्रमाण पत्रको आधारमा चिकित्सक बनेको रहस्यहरु खुल्न थालेको छ । प्रहरीले चिकित्सकहरुमाथि अनुसन्धान सुरु गरेपछि विगतमा कर्मचारी तन्त्रमा देखिएको नक्कली प्रमाण पत्र अहिले आएर चिकित्सकहरुमा समेत फेला गर्न थालेको हो ।गत मंसिर १२ गते नेपाल मेडिकल काउन्सिलले डाक्टरहरुको लाइसेन्स दिने परिक्षा लियो । नेपाल आर्मीको मेडिकल कलेजमा लिइएको परीक्षामा थुप्रै परीक्षार्थीहरु सहभागी थिए ।
परिक्षाको क्रममा दुई जना परीक्षार्थी नक्कली भेटिए । अरु कसैको परिक्षा दिन आएका उनीहरु पक्राउ परे ।  मेडिकल काउन्सिलले तीनै नक्कली परीक्षार्थीलाई आधार बनाएर नक्कली डाक्टरको खोजी गर्ने योजना बनाएपछि सुरु भयो ‘अप्रेसन क्वाक’ अर्थात नक्कली डाक्टरको खोजी । सो आधारमा विभिन्न ठाउमा प्रहरीले यस्तो नक्कली चिकित्सकहरुको प्रमाणहरु खातेलेर पक्राउ गर्न  थाले ।
नक्कली डाक्टरको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूले उनीहरूको करतुत एकपछि अर्को फेला पारेका छन् । पास भएका प्रमाणपत्र परिवर्तन गरेर नम्बर थपी प्रेसमार्फत छपाइ गरी ल्याएको पाइएको छ ।
 प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), उच्च माध्यमिक शिक्षा परिषद् र नेपाल मेडिकल काउन्सिलले संयुक्त रूपमा गरेको ‘अप्रेसन क्वायक’ अन्तर्गत १३ जना नक्कली डाक्टर फेलापरेका छन् । तीमध्ये कसैले परीक्षा नै नदिई मार्कसिट किनेका छन् भने कोही पास भएर पनि प्रतिशत बढी देखाउन आफूखुसी नम्बर बढी हालेका छन् ।
 पक्राउ परेकामध्ये जनकपुर अञ्चल अस्पतालमा काम गर्ने महोत्तरी हात्तीसर्वाका सन्तोषकुमार यादवको प्रसंग रोचक छ । उनले पटनाबाट बनाएको मार्कसिटमा पढेको रेकर्ड देखिए पनि ऐच्छिक विषय बायोलोजी देखाएका छन् तर मार्कसिट बनाउँदा नियमित विषयमा राखेर बढी नम्बर राखेका छन् । उनी पास भए पनि चिकित्साशास्त्र पढ्नका लागि आवश्यक पर्ने नम्बर भने आफूखुसी बढाएर मार्कसिटमा उल्लेख गरेका छन् ।
त्यस्तै सिरहाको मिर्चैयास्थित ग्लोबल अस्पतालमा काम गर्ने धनुषा लोहनाका मोहम्मद अलमद सिद्धिकीको चलाखी पनि कम छैन । उनले सुजितकुमारको मार्कसिट ल्याएर आफ्नो नाम राखी आफूखुसी मार्कसिट बनाएका छन् । उनी बोर्ड परीक्षामा सहभागी भएका छैनन् ।
प्रहरीका अनुसार अनुसन्धान गर्दै जाँदा पशुपति मोडेल अस्पताल इटहरीको प्रमुख मोरङ कटहरीका पशुपति चौधरीबारे थप रहस्य खुल्यो । चौधरीले नक्कली एमबीबीएस डाक्टरी मार्कसिट आफैं छापेका रहेछन् । उनले सर्टिफिकेट छाप्दा चार ठाउँमा अक्षर बिगारेको तथ्य फेला परेको छ । तर चौधरीले भने एसएलसी र सीएमए भने अध्ययन गरेको अनुसन्धानबाट खुलेको छ ।
कलेज अफ मेडिकल साइन्स भरतपुरमा काम गर्ने सिरहा विष्णुपुरकी विनिता यादव, गोल्डेन अस्पताल विराटनगरमा काम गर्ने सप्तरी कल्याणपुरका मोहम्मद कमरुल, ग्लोबल अस्पताल ग्वार्कोमा कार्यरत महोत्तरी औरहीका श्यामबाबु साह, अजित मेडिकल हल जनकपुरमा कार्यरत धनुषा जनकपुरका भगवान केवट मल्लाह, रामजानकी डेन्टल क्लिनिक जनकपुरमा कार्यरत धनुषा सत्तोखरका शैलेन्द्रकुमार महतो, स्वास्थ्य सेवा क्लिनिक तौलिहवा कपिलवस्तुमा कार्यरत तौलिहवाका अफजल हुसैन र सप्तरीस्थित सगरमाथा अञ्चल अस्पतालमा कार्यरत राजेन्द्रकुमार दासको भने एसएलसी र प्रवीणतापत्रको प्रमाणपत्र पूरै नक्कली भेटिएको थियो । 
उनीहरूले आफूखसी पटनामा गएर छापाखानामा सर्टिफिकेट छपाइ गरेको जानकारी एसपी दिवेश लोहनीले दिए ।
 उनका अनुसार कोसी अञ्चल अस्पतालमा काम गर्ने मोरङ विराटनगरका तुलसीकुमार महतो र चानसी मेडिकल हल जनकपुरमा कार्यरत धनुषा जनकपुरका कल्याण विश्वासले परीक्षा दिएर पास भए पनि आफूखुसी नम्बर बढी राखेर मार्कसिट बनाएको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेकाहरूले बंगलादेश, फिलिपिन्स, रसिया, चीन, पाकिस्तान, फिलिपिन्स र भारतबाट एबीबीएस गरेको सर्टि्फिकेट देखाए पनि खरिद गरेको हुनसक्ने आशंका प्रहरीको छ । 
‘पक्राउ परेका १३ जना चिकित्सकहरूले आफ्नो भविष्यभन्दा पनि पैसा कमाउने उद्देश्यले बदमासी गरेको पाइयो, सर्वसाधरणको जिउज्यानसँग खेल्ने अधिकार उनीहरूलाई छैन । उनीहरूको यो लापरबाहीको अरू पर्दाफास गर्छौं’, एसपी लोहोनीले भने, ‘कलेजमा हेर्दा कसैको रेकर्ड नै देखिँदैन । देखिएकाको पनि नम्बर कम आएको छ । कसैले कलेजको रेकर्डमा रहेका विद्यार्थीको रोल नम्बर चोरेर आफूखुसी मार्कसिट बनाएका   छन् ।
यसरी नक्कली चिकित्सकहरु पक्राउ परेपछि नेपाल मेडिकल काउन्सिलमाथि समेत प्रश्न खडा भएको छ। उनिहरुको अनुमगन समेत फितलो हुने गरिएको कारणले गर्दा यस्तो क्रियाकलाप बढेको हो । काउन्सिलका प्रवक्त डा. कृष्ण अधिकारीले यो घटनाबाट चिकित्सा क्षेत्रमा नक्कली प्रमाणपत्रधारीहरु थुप्रै रहेका छन भन्ने देखाएको बताउछन ।
नेपाल मेडिकल काउन्सिलले आफुकहा पेश हुने शैक्षिक प्रमाणपत्रहरुको जांच नै नगरि रजिष्टार मार्फत लाईसेन्स दिने गरेको थियो । काउन्सिलले अहिले पक्राउ परेको १३ जना मध्ये रामबाु गिरलाई २५ जेठ २०६३,मोहम्द कमरुल हकलाई २ असोज २०६९,तुलसीकुमार महतोलाई २८ भदौ २०६८,सनेषकुमार यादवलाई ६ भदौ २०७२,विनिता यादवलाई १५ वैशाख २०६९,भगवान केवट लाई २२ भदौ २०६८,शैलेन्द्रकुमार महतोलाई २२ असोज २०७० अस्थायि लाईसेन्स दिएको थियो । ती मध्ये गिरि,हक महतोले स्थायि दर्ता प्रमाण पत्र लिईसकेका     थिए ।
मेडिकल काउन्सिल परिक्षामा पटक पटक फेल हुने गरिएको चिकित्सकहरुलाई समेत लाईसेन्स दिएको छ । पक्राउ परेका कतिपय चिकित्सहरुले त १६ पटक सम्म काउसिन्लको परिक्षामा फेल भएका छन। जनकपुरकै कल्याण विश्वासले काउन्सिलले लिएको परिक्षामा १६ पटक सम्म फेल भएका थिए। त्यसैगरि शैलेन्द्रकुमार महतोले ११ पटक फेल भएका थिए। भगवान केवटलले सातौ पटकमा मात्रै काउसिनलको परिक्षामा उत्र्तिण भएका थिए । पक्राउ परेका चिकित्सकहरु मध्ये अहमद सिद्धिकीले त २९ पटक सम्म काउन्सिलको परिक्षामा फेल भएका थिए।
हतियार सहित डाक्टर समातिए
प्रहरीले हतियार सहित एक जना चिकित्सकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले ३४ वर्षका रमेशप्रसाद यादव पक्राउ गरेको छ । धनुषा १२ कुवाका उनी पेशाले चिकित्सक हुन् । आँखा सम्वन्धी उपचार गर्ने चिकित्सक भन्छन् र नेपाल मेडिकल कलेजबाट लिएको लाइसेन्स नम्बर समेत उनको साथमा छ ।
तर, कारोबार भने हतियारको गर्दा रहेछन् । गोप्य सूचनाका आधारमा हतियार प्रहरी हतियार खरिदकर्ता बनेर यादव कहाँ पुगेको थियो । यादव २० हजारमा पेस्तोल बेच्न तयार भए । तर, उनले छिमेकी कहाँ अध्ययनका लागि बस्ने १४ वर्षका बालक दिपेशकुमार यादवलाई प्रयोग गरे ।
उनले दिपेशलाई झोलामा हतियार बोकाए र आफूसँगै आए । विश्वकर्मा चोकमा पुगेपछि प्रहरीले दुबैलाई नियन्त्रणमा लिएको छ । स्कुले झोलाबाट प्रहरीले दुई थान म्यागजिन र २ थान गोली बरामद गर्याे ।
लगतै प्रहरीले रमेशको घरमा छापा मारेको छ । उनको घरबाट एक अमेरिकन पेस्तोल बरामद भएको छ । ‘उनले कहाँबाट हतियार ल्याएका हुन् भन्ने अनुसन्धान गरिरहेका छौं’ धनुषाका एसपी एसपी रामदत्त जोशीले  भने–‘तर, कारोबाही भने उनी आफैं हुन् भन्ने खुलेको छ 
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: