काया पलट हुने तिरहुतिया गाछीको

जनकपुर।
जनकपुरको एतिहासिक महत्वको तिरहुतिया गाछीलाई जिल्ला वन कार्यालयले कायापलट गर्ने भएको छ। जनकपुरको ईतिहासिक संग गासिएको यस स्थलको संरक्षण नहुदा दिनप्रतिदिन मासिने क्रम समेत बढेको हो । कतिपयले यसलाई डम्पींग साईटको रुपमा समेत परिणत गरि दिएको छ। तिरहुतिया गाछीमा रहेको अधिकांस रुखहरु सुकेको कारणले गर्दा खुल्ला झै बनेको छ।
तिरहुतिया गाछीमा भारतको सौराठ जस्तै बेहुलाको मेला लगाउने गरिएको कारणले गर्दा यसलाई तिरहुतिया गाछी भनिएको हो । विवाह पंचमी महोत्सवमा आउने गरिएको श्रद्धालुहरुको बास स्थान समेत रहने गरिएको थियो ।
जनकपुरको पहिचान संग गासिएर रहेको कारणले यसको पटक पटक संरक्षणको कुरा उठेपनि जुन रुपमा यसको संरक्षण हुनुपर्ने हो त्यस अनुसारले नभएको कारणले तिरहुतिया गाछीको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको छ। यस स्थलमा पटक विभिन्न महोत्सव र दिवसमा वृक्षारोपण गरिने गरिएको भएपनि रोपिएको रुखहरुको संरक्षण नभएको कारणले गर्दा अस्त्तिव नै समाप्त हुने अवस्थामा पुगेको हो ।
यस गाछीमा रहेको अधिकांस रुखहरु मासिने गरिएपछि जनकपुर वृह१र क्षेत्र विकास परिषदले केही वर्ष पुर्व यसलाई घेरबेर गरेको भएपनि यसलाई व्यवस्थिति रुपमा भने फुनः विकास गर्न नसिकएको कारणले गर्दा छेउमा रहेको शौलायहरुको फोहर फाल्ने र शहरभरिको फोहर फाल्ने स्थलको रुपमा परिणत भएको छ। तिरहुतिया गाछीको जिम्म जनकपुर उपमहानगरपालिकाले लिएको भएपनि यसलाई विकास नगर्न नसकिएका कारणले गर्दा अहिले यसको एतिहासिक महत्व समेत लोप हुुनको साथै लगाइएको रुखहरु समेत कटान भएको छ। जनकपुरको पहिाचन रहेको थियो यस्तो गाछीहरु जस मध्ये जनकपुरको पहाडिया गाछी लोप भईसके भने अहिले तिरहुतिया गाछी मात्रैै अस्तित्वमा रहेको छ।
प्रा.डा. भोगेन्द्र झा यसका साक्षी हुन्। तीन दशकअघिसम्म जनकपुरको कदमचोकदेखि भानुचोकसम्म ’पहाडिया गाछी’ नामको बगैंचा थियो, जहाँ पहाडेहरू तराईवासीलाई जडीबुटी बेच्थे। यही बहानामा रामजानकी मन्दिर दर्शन पनि गर्थे। त्यसैको सामु ’तिरहुतिया गाछी’ भन्ने बगैंचा थियो, जहाँ मधेशीहरू नून, खुर्सानी, लत्ताकपडा लगायतका सामग्री पहाडेलाई बेच्थे। तर, शहरीकरणसँगै विस्तारै यो परम्परा हराउँदै गयो, नयाँ पुस्ताका लागि त यो किम्वदन्ती नै बन्यो, जनकपुरस्थित रामसागर रामस्वरुप बहुमुखी क्याम्पसका अर्थशास्त्रका सेवानिवृत्त प्राध्यापक झा भन्छन्।
जनकपुरको एतिहासिक महत्वको तिरहुतिया गाछी अहिले फोहर फाल्ने डम्पिंग साईटको रुपमा परिणत भएको छ। सरोकारवाला निकायले चासो नदिएको कारणले गर्दा जनकपुरको एतिहासिक धरोहरको रुपमा रहेको गाछी अहिले लोप हुने अवस्थामा पुगेको छ।
नेपालमा भएको रहेक प्रजातान्त्रिक आन्दोलनको लागि गरिने सभा सम्मेलनको साक्षी रहेको यस गाछी अहिले लोप हुने अवस्थामा पुगेको छ । जिल्ला वन कार्यालय धनुषाले यसलाई व्यवस्थित रुपमा पार्किंग गर्ने तयारी गरेको छ । लाचल आर्थिक वर्षमा आएको  करिब ७ लाख रकमबाट यसलाई व्यवस्थित गरिने भएको छ।
आईतवार बसेको जिल्ला वन समन्वय समितिले जनकपुरको तिरहुतिया गाछीलाई व्यवस्थित पार्कको रुपमा विकास गर्ने नीति रहेको जिल्ला वन कार्यालयका प्रमुख वीरेन्द्र साहले जानकारी गराएका छन् । अहिले कार्यालयसंग रहेको ७ लाख बराबरको रकम यसको विकासको लागि खर्च गरिने र विभिन्न निकायसंग समन्वय गरेर यसलाई व्यवस्थित पार्कको रुपमा विकास गर्ने तयारी गरिएको जानकारी दिए ।
वन कार्यालय गत आर्थिक वर्षमा जनकपुर नगरपालिकालाई ग्रीन जनकपुरको रुपमा विकास गर्नको लागि विभागमा लेखि पठाउने निर्णय समेत भएको छ।
जनकपुर उपमहानगर पालिकाले तिरहुतिया गाछीलाई कन्जी हाउसको रुपमा विकास गरेको भएपनि अहिले सम्म यसको संरक्षणको लागि खासै ध्यान दिएको देखिदैनन । 
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: