एमबिबीएस प्रथम वर्षमा ८.७५५ मात्र उत्तीर्ण

जनकपुर
धनुषाको रमदैया भवाडि गाविसमा रहेको जानकी मेडिकल कलेज परिक्षामा अधिकांस विद्यार्थी असफ भएका छन। विद्यार्थीहरुले पटक पटक पठनपाठनको लागि आन्दोलन गरेपनि कलेजका व्यवस्थापक पक्षले यस तर्फ ध्यान नदिएको कारणले कलेजमा अध्ययनरत अधिकांस विद्यार्थीहरु परिक्षामा असफल भएका छन।
एमबिबीएस प्रथम वर्षमा करिब ९ प्रतिशत विद्यार्थी मात्र सफल भएका छन् ।नियमित तथा आंशिक गरी परीक्षामा सहभागी ८० जना विद्यार्थीमध्ये सातजना मात्र उत्तीर्ण भएको क्याम्पस प्रशासनले जनाएको छ । एमबिबीएस प्रथम वर्षको ११ औँ समूहको परीक्षाफलमा ८ दशमलव ७५ प्रतिशत विद्यार्थी मात्रै पास भएका छन् ।
कलेजको यस्तो परिणाम आएपछि रु ३५ देखि ४० लाखसम्म खर्च गरेर चिकित्साशास्त्र अध्ययन गरिरहेका विद्यार्थी अहिले चिन्तामा परेका छन् ।मेडिकल कलेजका व्यवस्थापन समितिका पूर्वअध्यक्ष ओपी पाण्डेलगायत व्यवस्थापकले शिक्षक, कर्मचारीको तलबभत्ता नियमित भुक्तान नगर्दा विगतमा दुई वर्षसम्म क्याम्पस अस्तव्यस्त बनेको थियो ।पटक पटकको हड्तालले गर्दा पनि विद्यार्थीको अधिकांश समय आन्दोलन मै बितेको थियो । पूर्व सञ्चालकमध्येका केहीमाथि अहिले पनि ठगी मुद्दा चलिरहेको छ भने केही फरार छन् । पाण्डेले बिक्री गरेपछि गत असार २७ देखि धनबहादुर शेरचनको नेतृत्वको नयाँ व्यवस्थापनमा कलेज सञ्चालन भइरहेको छ ।
नयाँ व्यवस्थापनले जिम्मेवारी सम्हालेयता पठनपाठन र भौतिक सुविधामा सुधार भएको प्रशासन शाखाका राकेश ठाकुरको दाबी छ । उनका अनुसार कक्षा नियमित छन् भने ५३५ शैयाको अस्पताल पनि सञ्चालन गरिएको छ ।
भौतिक र शैक्षिक पूर्वाधारमा सुधार भएपनि दुई वर्षदेखि यस कलेजले छात्र भर्ना गर्ने अनुमति कोटा नपाएको कलेज प्रशासकको गुनासो छ । प्रशासक सुशील झाले जनकपुर उपमहानगरपालिकामा सिटी अस्पतालसँगै आइसियु तथा सिसियु सञ्चालन भएको बताए । उनले २५ सङ्काय थपिएको जनाउँदै अब पठनपाठन नियमित भएपनि विद्यार्थी कोटा रोकिएको गुनासो गरे ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: