नयाँ पुल सञ्चालनमा नआउँदा जोखिम पूर्ण यात्रा गर्नुपर्ने बाध्यता

जनकपुर।धनुषाको जटही भारतीय सीमासंग जोडिएका जमुनी पुल निर्माण कार्य भइसक्दा पनि सो पुल सुचारु भएको छैन । पुल सुचारु नहुँदा यो क्षेत्रमा आवत जावत गर्ने सवारी साधनहरु जोखिमपूर्ण यात्रा गर्न वाध्य रहेका छन । पुरानो पुलको पिलरहरु भाचिएको कारणले गर्दा समेत सर्वसधारणहरु जोखिम पुर्ण यात्रा गर्न वाध्य रहेका छन।
 नेपाल भारत जोडने जटहीको सो पुल निर्माण भइसक्दा जमुनी पुल हालसम्म जर्जर अवस्थामा रहका पुरानै पुल प्रयोग गरेको देखिन्छ । पुरानो पुलको कारण भोलीको दिनमा ठुलो दुर्घटना हुने सम्भावना समेत देखिएको छ । केही महिना पुर्व पुरानो सो ठाउँमा पुल कमजोर छ भन्ने बोर्ड समेत लागेको थियो । तर नयां पुल निर्माण भएपनि सो बोर्ड समेत हटाइएको कारणले कारण गर्दा जोखिम पुर्ण यात्रा गर्न सर्वसधारणहरु वाध्य भएका छन। पुलको छेउमा रहेको भारतीय सुरक्षाकर्मीहरुले चेकजांच गर्ने गरेका छन। नेपाल भारतको सिमामा रहेको सो पुलमा सर्वसधारणहरुको निकै आवतजावत हुने गरिएको छ। नयां पुल संचालनमा ल्याएर अविलम्ब पुरानो पुललाई भत्काउनुपर्ने आवश्यकता रहेको सुरक्षा अधिकारीहरुको कथन रहेको छ। सुरक्षा अधिकारहरुका अनुसार पुरानो पुल भत्काएर नयां पुलमा जाने बाटोमा माटो हालेर समान्य मर्मत गरिएको अवस्थामा संचालनमा आउन सक्ने बताएका छन। उनिहरुका अनुसार यसरी नयां पुल प्रयोगमा नआउदा ठुलो दुर्घटनाको समेत सम्भावना रहेको छ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: