मधेस आन्दोलनको कारणले सिचाईको अधिकांस योजनाहरु प्रभावितःमन्त्री यादव


जनकपुर।
सिचाई मन्त्री उमेश कुमार यादवले तराई मधेसमा करिब ६ महिनादेखि चलेको आन्दोलनको कारणले सिचाईका अधिकांस योजनाहरुको काम प्रभावित भएको बताएका छन ।
जनकपुरमा क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले राष्ट्रिय गौरव सहितको योजनाहरु प्रभावित भएको बताए । उनले लामो बन्द हडतालको कारणले जनताको प्रत्येक जनजिविकासंग गाँसिएको योजनाहरु संचालन गर्न नसकेको बताए । बन्द हडतालको कारणले सिचाई मन्त्रालय अन्र्तगत रहेको अधिकांस कार्यालयहरु बन्द रहेको कारणले काम गर्नमा समस्या आएको बताए ।
मन्त्री यादवले तराई भेगको सिचाईको सुविधा पु¥याउनको लागि सरकारले तराई लक्षित कार्यक्रमहरु ल्याएको समेत बताए । उने तराईको जनताको जनजीवनलाई माथि उठाउनको लागि मन्त्रालयले तराई केन्द्रित कार्यक्रमले तराईका जनताहरु निकै लाभान्वित हुने समेत बताए ।
नदी र सिचाईको विषयमा विभिन्न निकाय र अधिकारको विषयमा कानुनी प्रष्टता नभएको कारणले समेत समस्या आईरहेको बताउदै यसको विषयमा प्रष्ट ऐन बनाउन समेत आफनो मन्त्रालय लागेको मन्त्री यादवले बताए । उनले बजेट आभावले तराईको कतिपय योजनाहरु अलमलमा परेको बताउदै यस्ता योजनाहरुलाई उच्च प्राथमकितामा राखेर काम अगाडि बढाईएको समेत बताए । यादवले भने ‘नदीको बाँध व्यवस्थितरुपमा नबाँधिएको हुनाले सोको छेउछाउमा रहेका गाउँ वस्तीहरु वर्षातका कारण डुवानमा पर्ने हुनाले नदी नियन्त्रण गरी गाउँ तथा खेतहरु संरक्षण गर्नुपर्छ । सोका लागि सरकारले आवश्यक कदम चाल्छ ।’ उनले आफु नदी नियन्त्रणका लागि धनुषासहित प्रदेश नम्बर २ का अधिकांश जिल्लाहरुको नदी नालाका स्थलगत अनुगमनमा रहेको समेत उनले बताए । उनले नदी छेउमा वृक्षारोपणसहित सडक निर्माण गर्दा गाउँहरु डुबानमा नपर्ने र नदी नियन्त्रण समेत दीर्घकालिन रुपमा व्यवस्थित हुने बताए ।
तर यसका लागि अर्बौ रुपैयाँ खर्च हुने भन्दै भएकाले उपमहानगरपालिका, नगरपालिका र गाउँ विकास समिति लगायतकाले सहयोग गर्नुपर्ने बताए ।
यादवले माओवादीको बटलम लाईन दुई प्रदेश रहेको बताउदै अहिलेको संविधान वर्गिाय संतुष्टलनको दस्ताबेज भएको बताए ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: