व्यापारी पक्राउको विरोधमा वजार बन्द

प्रहरीले व्यापारीलाई पक्राउ गरेको विरोधमा स्थानिय व्यापारीहरुले गौशाला बजार बन्द गरिएको छ । वुधबार विहानैदेखि गौशाला बजारका व्यापारीहरुले बजार बन्द गराएका हुन । गौशाला उद्योग वाणिज्य संघका सचिव रमेश कुमार यादवले कालावजारी गर्ने व्यापारीलाई पक्राउ गर्दा उद्योग वाणिज्य संघलाई कुनै जानकारी नगराएको भन्दै सो को विरोध स्वरुप बजार बन्द गराएको बताएका छन । सचिव यादवका अनुसार मंगलवार दिउँसोको समयमा कालाबजारी गरेको भन्दै साह किसान टे«डर्सका संचालक सुनिल कुमार साहलाई ईलाका प्रहरी कार्यालय गौशालाबाट गएको गस्ती टोलीले पक्राउ गरेको थिए । व्यापारी साहले एकजना किसानलाई प्रतिबोरा ७५० रुपैयाँ पर्ने युरिया मल १ हजार ४ सय ५० का दररेटमा विक्रि गर्दै आएको समयमा पसलबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । रसायनिक मलमा कालाबजारी गर्दै आएको अवस्थामा विशेष सुराकीको आधारमा साहलाई पक्राउ गरेको ई प्र का गौशालाका सई बलबहादुर माझीले बताएका छन । यता व्यापारी साहलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिई राखेको सई माझीले जानकारी दिएका छन । यहाँका रसायनिक मलका विक्रेताहरुले प्रत्येक बर्ष बर्षायामको समयमा रसायनिक मलमा कालावजार गर्दै आएका छन । यहाँँको फितलो अनुगमनको कारण व्यापारीहरुले कालावजारतर्फ बढि आकर्षित भएको किसानहरुले प्रतिक्रिया दिएका छन ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: