धनुषा जिल्लाको उत्साह जनक विकास खर्च

कोष तथा लेखा नियन्त्रण कार्यालय धनुषाले धनुषा जिल्लामा यस पटकको विकास खर्च उत्साह जनक रहेको जनाएको छ। कोषले  ९०.८२ प्रतिशत रकम खर्च भएको जनाएको छ। स्थानिय तह र प्रदेश बाहेकको बजेट खर्चको निकासा उत्साहन जनक रहेको जनाएको छ। आर्थिक वर्ष २०७५।०७६को धनुषा जिल्ला स्थिति सम्पुर्ण कार्यालयहरुको खर्चमा चालु तर्फ ९१.५४प्रतिशत र पुजिगत तर्फ ९०.३२ प्रतिशत खर्च भएको जनाएको छ। कोष लेखा कार्यालयका प्रमुख डा.वीरेन्द्र मिश्रले चालु तर्फ ४ अर्ब ३४ करोड ८० लाख ६९ हजार ७ सय ८४ रहेकोमा खर्च ३ अर्ब९८ कारोड,२७ लाख २ हजार ४ सय ११ भएको छ। त्यसैगरि पुजिगत तर्फ ६ अर्ब २६ करोड,८७ लाख ३३ हजार रहेकोमा खर्च ५ अर्ब ६६ करोड,१६लाख ८६ हजार ९सय ५२ भएको छ। विगतको वर्ष भन्दा यस वर्षको विकास बजेट निकै उत्साह पुर्ण रहेको जानकारी दिनुभयो । अहिलेको विववरण संघीय सरकार अन्र्तगतको कार्यालयको जानकारी दिदै मिश्रले स्थानिय तह र सांसदहरुको निर्वाचन क्षेत्र विषेश कार्यक्रममा अत्याधिक बजेट फ्रिज भएको जानकारी दिनुभयो । विगतको आर्थिक वर्ष भन्दा यस वर्ष उत्साहजनक रुपमा खर्चको अवस्था रहेको मिश्रले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७४।०६५मा चालु तर्फ ९४.२३ प्रतिशत खर्च भएको थियो भने पुजिगत तर्फ ८४.०७ प्रतिशत खर्च भएको थियो । त्यसैगरि आर्थिक वर्ष २०७३,०७४मा चालु तर्फ ९०.४३,पुजिगत तर्फ ६५ .६९ प्रतिशत खर्च भएको थियो । धनुषामा विकासको बजेट उत्साह जनक रुपमा खर्च भएको देखिएको भएपनि  राजश्व भने संकलनमा कमि आएको छ । संघीयता पुर्ण कार्यान्वयनमा भएको र राजश्व वाडफंड प्रदेशमा समेत गएको कारणले राजश्व संकलमा कमि आएको विगतको वर्ष भन्दा देखिएपनि अवस्था उत्साह जनक नै रहेको मिश्रले जानकारी दिनुभयो । आर्थिक वर्ष ०७५।७६को असार समान्त सम्ममा धनुषा जिल्ला स्थिति सरकारी कार्यालयहरुको राजश्व संकलन भने २२ अर्ब ९५ करोड,८०लाख ९ हजार २सय ९५ रहेको जानकारी दिनुभयो ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: