सरकारको वेवास्ताका कारण उप निर्वाचन घोषणा अन्योलमा

स्थानिय निकायमा रिक्त रहेको पदमा निर्वाचन गराउनको लागि सरकारले वेवास्ता गरेको छ। सरकारको वेवास्ताका कारण जनप्रतिनिधि रिक्त रहेका ४७ स्थानमा गर्नुपर्ने उपनिर्वाचनको प्रक्रिया अन्योलमा परेको छ । निर्वाचन आयोगले आगामी कार्तिक तेस्रो सातादेखि मंसिर पहिलो सातासम्ममा निर्वाचन गर्ने गरी तयारी अघि बढाएपनि सरकारले आवश्यक समन्वय नगर्दा मिति घोषणामा ढिलाई भएको हो । आयोगले निर्वाचनका लागि कम्तीमा ४ महिनाको तयारी समय आवश्यक रहने जनाएको छ । उपनिर्वाचन मिति घोषणाका लागि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरोकारवालासँग प्रारम्भीक छलफल गरेपनि सरकारले मिति घोषणाका लागि आवश्यक प्रक्रिया अघि बढाउन नसक्दा उपनिर्वाचनको प्रक्रिया लम्बिएको हो । निर्वाचन आयोगका प्रवक्ता शंकर खरेलका अनुसार प्रतिनिधि सभा सदस्यका लागि १, प्रदेश सभा सदस्यका लागि ३, स्थानिय तहको प्रमुख र उपप्रमुखका लागि ५ र ३८ वडाअध्यक्ष पदमा उपनिर्वाचन गर्नुपर्नेछ । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोग, उपनिर्वाचनको तयारी अवस्थामा रहेपनि आफुहरु सरकारको निर्णयको प्रतिक्षामा रहेको बताउनुभयो । यसैबीच निर्वाचन आयोग, आगामी ५ वर्षको रणनीतिक योजनाको गृहकार्यमा जुटेको छ । निर्वाचन व्यवस्थाको सुधार सहित त्रुटि कम गर्ने उपायसंगै निर्वाचनसंग सम्बन्धीत बिषयका योजना निर्माणमा जुटेको प्रबक्ता खरेलले बताउनुभयो । यसका लागि सरकोकारवाला र विज्ञसँगको छलफललाई तीव्रता दिइएको उहाँले बताउनुभयो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: