बाराको बाढी प्रभाबित क्षेत्रमा राष्ट्रियसभा टोलीद्वारा अनुगमन


गएको असार २४ गतेदेखी २८ गतेसम्मको बर्षा र बाढीका कारण प्रभाबित बाराका बस्तीमा राष्ट्रिय सभाका अध्यक्ष सहितको टोलीले आज अनुगमन गरेको छ । बाढीबाट प्रभाबित जिल्लाको अनुगमनका लागी तराई झरेको टोलीले आज बाराका बिभिन्न बस्तीको अनुगमन र निरिक्षण गरेको छ । टोलीमा राष्ट्रिय सभाका अध्यक्ष तिमल्सीना सहित सदस्य सरिता प्रसाई, खिमलाल भट्टराई, प्रमिलाकुमारी यादव, बृषेशचन्द्र लाल, उपसचिव दशरथ धमला लगायत रहेका छन् । पर्सादेखी सुनसरी सम्मको निरिक्षणका लागी तराई झरेको टोलीले आज बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रभाबित क्षेत्रबाट निरिक्षण सुरु गरेको छ । निरिक्षणका क्रममा राष्ट्रिय सभाको टोलीलाई प्रदेश दुइका सभामुख सरोज यादव, प्रमुख जिल्ला अधिकारी राजेश पौडेल र जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले सहजीकरण गरेका थिए ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: