रौतहटका नदीमा तटबन्ध नहुदा स्थानीय चिन्तित



रौतहटमा बाग्मती तथा लालबकैया नदीको तटबन्ध मर्मत नहुँदा स्थानीय त्रसिद भएका छन् । बाढीले बगाएको तटबन्धका अहिलेसम्म मर्मतका लागी चासो नदिएपछि नदी आसपासका बासिन्दा त्रसिद भएका हुन । आज विहान देखि परेको अविरल बर्षाका कारण नदीमा पानीको बहाव बढेको हो । बाढीले तटबन्ध भत्काएपछि गौर नगरपालिका, ईशनाथ नगरपालिका, दुर्गाभगवति गाँउपालिका  लगायतका अंिधकाश स्थानिय स्थानीय तहका बस्ति बाढीको उच्च जोखिममा रहेका छन् । बाग्मती र लालबकैया नदीमा गत असार २८ गते आएको बाढी ११ स्थानमा तटबन्ध भत्काएको छ । भत्काएको तटबन्ध अस्थाई रुपमा केहि स्थानिय तहले मर्मत गरेपनि नदिमा पानीको बहाव बढेकाले उच्च जोखिममा रहेको स्थानियले बताएका छन् । नदीमा बनाईएका तटबन्ध जीर्ण अवस्थामा हुँदा पनि पुर्न निर्माण वा मर्मतमा ध्यान नदिँदा बर्षौनी रौतहटका बस्ति डुवानमा पर्ने गरेको स्थानीय रामपुकार यादवले बताउनु भयो । स्थानीय तहले आन्तरिक आयका लागी बाग्मती तथा लालबकैया नदिमा नदिजन्य सामग्री उत्खनन्का लागी अनुमति दिने गरेको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: