सत्ता नेतृत्वकर्ता दल नेकपाले आज जिल्ला इन्चार्ज तथा सह–इन्चार्जको टुंगो लगाउने बताएको छ । तीन दिन देखि लगातार छलफलमा रहेको नेकपाले ७७ वटै जिल्लामा नेतृत्वबारे निर्णय लिन लागेको हो । बैठक काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा मध्यान्न १२ बजेपछि बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।आजको बैठकले अन्तिम निर्णय गर्ने बताउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले विगतका छलफल सकारात्मक बनेकाले आजको बैठकले नेतृत्वबारे निर्णय लिने र संगठनात्मक एकीकरणका बाँकी काममाथि समेत छलफल सुरु हुने सम्भावना रहेको बताउनुभयो ।
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment