सर्लाहीमा प्रहरीले गोली चलाउदा एकको मृत्यु

प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको ज्यान गएको हो।
झडपको क्रममा प्रहरीको गोली लागेर सर्लाही ईश्वरपुर नगरपालिका–१३ श्रीनगर बस्ने अन्दाजी २५ वर्षीय सरोज नारायण महतोको मृत्यु भएको छ।प्रहरीको गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन्। यसैगरी प्रदर्शनकारीको ढुंगामुढाबाट ८ प्रहरी घाइते भएको बताइएको छ। महतोको घटनास्थलमै मृत्यु भएको थियो।
महोत्तरी र सर्लाही छुट्याउने बाँके नदीमा अवैध ढुंगागिट्टी उत्खनन्ले बनेको खाल्टोमा शनिबार एकजना बालकको ज्यान गएको थियो।ईश्वरपुर नगरपालिका–१३ बस्ने लाले रायका १२ वर्षीय छोरा अमितकुमार यादव आइतबार बिहान खाल्डोमा मृत अवस्थामा फेला परेका थिए।
अवैध उत्खनन्का कारण बनेको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि स्थानीयले पीडित परिवारलाई क्षतिपूर्ति र अवैध उत्खनन् बन्द गर्न माग राख्दै पूर्वपश्चिम राजमार्ग अबरुद्ध गरेका थिए।
प्रहरीले राजमार्ग खोलाउन खोज्दा दोहरो झडप भएको थियो।सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईले प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गर्न खोज्दा फायर गर्दा एकजनाको ज्यान गएको बताए।
राजमार्ग अवरुद्ध पारेर प्रदर्शनकारीको भिडलाई तितरबितर गर्न गोली चलाउनुपर्ने अवस्था आएको उनको भनाइ छ।प्रहरीले स्थिति नियन्त्रणमा लिइसकेको र सवारीसधानहरु पूर्ववत सञ्चालनमा रहेको एसपी भट्टराईले बताए।आक्रोसित स्थानीयले ६ किलोमिटर टाढा पूर्व–पश्चिम राजमार्गमा शव लिएर प्रदर्शनमा उत्रिएपछि त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिती बाक्लो पारिएको थियो।
प्रदेश २ का प्रहरी प्रमुख डिआइजी प्रधुम्न कार्कीका अनुसार राजमार्ग अवरुद्ध हटाउन सुरक्षाकर्मीले धेरैपटक आग्रह गर्दा पनि प्रदर्शनकारी टुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो।प्रदर्शनकारीले प्रहरीलाई लक्षित गरेर ढुंगामुढा गरेपछि सुरुमा लाठी चार्ज, १५ राउन्ड अश्रु ग्यास र रबरको बुलेट प्रहार गरेको थियो। त्यसपछि पनि प्रदर्शनकारीले ढंगामुढा तीव्र गरेपछि प्रहरीले हवाइ फायर गरेको थियो। प्रहरीका अनुसार हवाइ फायरकै क्रममा गोली लागेर महतोको मृत्यु भएको हो।राजमार्गमा प्रदर्शनकारीको भिड अनियन्त्रित बनेपछि गोली प्रहार गर्नु परेको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराइले बताए।सर्लाही र महोत्तरीको सीमामा बग्ने बाँके खोलामा गिट्टी बालुवा निकाल्दा बनेको गहिरो खाल्टोमा डुबेर स्थानीय खोलामा भइरहेको अवैध उत्खनन् बन्द गर्नुपर्ने, खोलाबाट गिट्टी बालुवा निकाल्दा बनेको खाल्टो पुर्नुपर्ने, बस्ती नजिकमा रहेको अवैध क्रसर उद्योग बन्द गर्नुपर्ने, मृतक बालकका परिवारलाई उचित राहत दिनुपर्ने स्थानीयको माग छ।गोली प्रहारपछि प्रदर्शनकारी तितरवितर भएपछि अहिले राजमार्ग सुचारु भएको छ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: