शून्य समयमा सांसद्हरूद्वारा सरकारको ध्यानाकर्षण


प्रतिनिधिसभाका सांसदहरूले लोकसेवा आयोगले केही दिनअघि खोलेको विज्ञापन विभेदकारी भएको तर्क गर्दै रद्द गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले आदिवासी जनजाति, दलित, महिला, मधेशीलगायत उत्पीडनमा पारिएको समुदायलाई किनारा लगाउने गरी आयोगले संविधानको समानुपातिक सिद्धान्त विपरीत विज्ञापन गरेको दावी गरे । सांसद विमला विकले संविधानको मर्म विपरीत खुलाइएको आयोगको विज्ञापन तत्काल रद्द गर्नुपर्ने टिप्पणी गर्नुभयो । राज्य व्यवस्था तथा सुशासन समितिले आयोगले गरेको विज्ञापन रोक्न सरकारलाई निर्देशनसमेत दिइसकेको छ । सांसद वृजेशकुमार गुप्ता र भरतकुमार शाहले देशका विभिन्न स्थानमा भएको धानखेतीका लागि आवश्यक युरिया मल र बीउको अभावप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद भूमिप्रसाद त्रिपाठीले नागढुङ्गा सुरुङ मार्गका लागि आवश्यक पर्ने धादिङको जग्गाको स्थानीयवासीलाई मुआब्जाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । सांसद मीना सुब्बाले गुठी विधेयकमा उल्लेख गरिएका कतिपय प्रावधान हटाइनुपर्ने धारणा राख्नुभयो । सांसद मेटमणि चौधरीले गुठी विधेयक गुठी क्षेत्रलाई थप व्यवस्थित गर्ने उद्देश्यका साथ आएको हुँदा स्वागतयोग्य छ भन्नुभयो । सांसद रामकुमारी झाँक्रीले सांसदलाई ल्यापटप दिने विषय आमसञ्चारमाध्यममा आउनाले उनीहरुप्रति नकारात्मक धारणा बन्दै गएको भन्दै संसद्को ध्यानाकर्षण गराउनुभयो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: