विश्व वातावरण दिवस मनाइदै


विश्व वातावरण दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाईंदैछ । स्वच्छ वायु स्वस्थ्य जीवन नाराका साथ विझिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।
सन् १९७२ मा जुन ५ देखि १६ सम्म चलेको संयुत्त राष्ट्रसंघको महासभाले जुन ५ को दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाउने घोषणा गरेअनुरूप सन् १९७३ जुन ५ देखि मनाउन थालिएको हो । विश्वभर तापक्रम वृद्धिसंगै समस्या र चुनौती थपिरहेको छ । जलवायु परिवर्तनका कारण विश्वभर चुनौती बढी रहेका बेला यो दिवसको महत्त्व पनि बढ्दो छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले दिवसका अवसरमा नेपालगञ्जमा विशेष समारोह आयोजना गरेको छ । समारोहमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी पनि नेपालगञ्ज पुग्नु भएको छ । विभागले वातवरण संरक्षणर जलवायु परिवर्तन सम्बन्धी २ दिने कार्यशाला गोष्ठीको समेत आयोजना गरेको छ ।त्यसैगरि प्रदेश नम्बर २का पर्यटन तथा वन मन्त्रालयले जनकपुरमा सरफाई तथा विभिन्न स्थानहरुमा वृक्षारोपणको आयोजना गरेको छ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: