१ लाख घुससहित इन्जिनयर पक्राउ


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १ लाख रुपैयाँ घुस लिँदै गर्दा इन्जिनयर विकासकुमार श्रेष्ठलाई बिहीबार राजविराजबाट पक्राउ गरेको छ । सप्तरीको रुपनी गाउँपालिकामा कार्यरत इन्जिनयर श्रेष्ठलाई राजविराज ६ स्थित डेराबाट घुसको रकम सहित रंगेहात नियन्त्रणमा लिइएको हो ।साविकमा जिल्ला बिविस समितिमा कार्यरत रहेका श्रेष्ठले आर्थिक वर्ष २०७०र७१ को योजना अन्तर्गत साबिकको तरही गाविस र देउरी गाविसबीचमा रहेको स्वर्ण खोलामा झोलुंगे पुलको उपभोक्ता समितिसँग १ लाख रुपैयाँ माग गरेको अख्तियारको दाबी छ । सम्पन्न नभएको उक्त कामको फाइल अगाडि बढाइदिने भन्दै श्रेष्ठले पैसा मागेपछि उपभोक्ता समितिका पदाधिकारी अख्तियार पुगेको थियो ।
बिहीबार बिहानै अख्तियारको क्षेत्रीय कार्यालय इटहरीबाट प्रहरी नायव उपरीक्षक श्याम सारु मगरको नेतृत्वमा आएको टोलीले रकम लिँदै गर्दाको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: