समाजिक रुपान्तरणको महत्वपूर्ण चरणमा प्रदेश सरकार ः मुख्यमन्त्री राउत


जनकपुरधाम, आषाढ ११ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नंं. २को सरकार समाजिक रुपान्तरणको महत्वपूर्ण चरणमा प्रवेश गरेको बताउनु भएको छ । मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत महिलाको लागि शुरु गरिएको लोकसेवा तैयारी कक्षाको उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुँदै उहाँले समाजिक रुपान्तरणलाई पहिलो प्राथमिकतामा राखेर अघि बढि रहेको उल्लेख गर्नु भयो ।
महिलाहरु सशक्त नभए सम्म समाजिक रुपान्तरण सम्भव नहुने र समाजिक रुपान्तरण नभए सम्म प्रदेश समृद्ध नहुने यथार्थलाई बुझदै प्रदेश सरकारले सरकारी सेवामा महिलाहरुको पहुँचलाई सुनिश्चित गर्न लोकसेवा तैयारी कक्षा संचालन गरेको उल्लेख गर्नु भयो ।
उहाँले प्रदेश सरकारले महिलाहरुको सशक्तिकरणको लागि बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत छोरी शिक्षा विमा, साइकल वितरण, सामुदायिक विद्यालयहरुमा छात्रा मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरु अघि सारेको उल्लेख गर्नु भयो ।
उहाँले छोरीहरुलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा समेत पहुँच बढाउन प्रदेश प्रहरी र निजामति सेवामा ५० प्रतिशतको आरक्षण गर्ने मुलुककै पहिलो प्रदेश बनेको समेत बताउनु भयो ।
राजर्षि जनक क्याम्पसका प्रमुख धर्मेन्द्र झाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मुख्य सचिव दिपक सुवेदी सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।
कौटिल्य इन्स्टिच्युट संगको सहकार्यमा प्रदेश सरकारले पहिलो चरण एक सय एक जना महिलालाई लोकसेवाको तैयारी गराउन लागेको हो ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: