राजपासंगको एकिकरणको प्रतिक्षामा समाजवादी ,तत्काल निर्वाचन आयोगमा दर्ता नगराउने


नवगठित समाजवादी पार्टी नेपाल तत्काल दल दर्ता प्रक्रियामा नजाने भएको छ । उपप्रधानमन्त्री सहित सरकारमा रहेको संघीय समाजवादी फोरम नेपाल र प्रतिनिधि सभामा एक सिट मात्र भएको नयाँ शक्ति पार्टीबीच गत बैशाख २३ गते एकीकरण घोषणा भएको थियो । समाजवादी पार्टी घोषणाको एक महिना पुगी सक्दा समेत सरकार छाड्नेरनछाड्ने बारे ठोस निर्णय लिन सकेको छैन भने संगठनात्मक संरचना निर्माणको काम पनि अघि बढेको छैन । दल दर्ताका लागि आवश्यक सम्पूर्ण काजगपत्र तयार भएपनि तत्काल निर्वाचन आयोगमा दल दर्ताको निवेदन भने नदिने नेताहरुको भनाई छ । राष्ट्रिय जनता पार्टी राजपा नेपालसँग एकीकरणको चर्चा रहेपनि फोरम नेपालले एक महिना अघि नयाँ शक्तिसँग काँध मिलाएको थियो । समाजवादी पार्टीका एक वरिष्ठ नेताले राजपा र जनमुक्ति पार्टीसँग एकीकरणका लागि कुराकानी जारी रहेकाले तत्काल पार्टी दल दर्ताको प्रक्रियामा नगएको स्पष्ट पार्नुभयो । पार्टी एकीकरण घोषणा अघि झण्डा, चुनाव चिन्ह, संगठनात्मक संरचना लगायतबारे नेताहरु मौन बसेका थिए । राजपा र जनमुक्ति पार्टी समेत एकीकरण प्रक्रियामा आए सबै दललाई मान्य हुने गरी झण्डा, चुनाव चिन्ह र सवै संगठनात्मक संरचनामा सहमति खोजिने ती नेताको भनाई छ । सबै दलबीच एकीकरण सम्भव भए समाजवादी पार्टीले छाता, आँखा वा हातले समातेको मसाल मध्ये एकलाई चुनाव चिन्ह तथा हरियो र रातो रंग अकित झण्डालाई पार्टी झण्डा बनाउने तयारी छ । हालै मात्र मुलुकका विभिन्न ८ शहरमा एकीकरण सभा गरेको सो पार्टीले थप एक महिना अन्य दलसँग एकीकरण प्रयास गर्ने र सम्भव नभएमात्र निर्वाचन आयोगमा निवेदन दिने बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणबाट फर्केपछि संविधान संशोधन लगायत माग सम्बोधन बारे छलफल गर्ने तयारी सो पार्टीको छ । माग सम्बोधनका लागि सरकारलाई दिएको समय सकिएपनि सरकारमा सहभागीताबारे भने समाजवादी फोरमले निर्णय गरेको छैन । प्रधानमन्त्री ओलीबाट माग सम्बोधनको लिखित प्रतिवद्धता आए सरकारबाट तत्काल नबाहरिने समाजवादी पार्टीको तयारी छ ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: