मन्त्री साहले आफनो पार्टीका कार्यकर्ता ,नातागोतालाई भैसी बाटे

भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साहले मधेस आन्दोलनको क्रममा शहिदहरुलाई वितरण गरेको भैसीमा काखापाखा गरेका छन। उनि आफनो कार्यकर्ताहरु र कार्यकर्ताहरुको नातागोतालाई बढि प्राथकिता दिएका छन । सिरहा र सप्तरीमा वितरण गरिएको अधिकांस भैसी वितरणमा अनियमितता भएको छ। प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिद परिवारका लागि भन्दै भैंसी किनेर पार्टीका नेता तथा पूर्वमन्त्रीलाई वितरण गरेको छ । सिरहामा सरकारले बाँडेको भैंसी पूर्वमन्त्री र पार्टीका नेतादेखि नेताका आफन्तसम्मको गोठमा पुगेका छन् ।पूर्वकेन्द्रीय मन्त्रीसमेत रहेका समाजवादी पार्टीका नेता राजलाल यादव र उनका छोरीज्वाइँ रमेशकुमार यादवले सहिद परिवारका नाममा आएको भैंसी पाएका छन् ।

उनीहरुलाई भूमि व्यवस्था तथा कृषि एवं सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बिहीबार लहानस्थित पशुपति आदर्श माविको प्रांगणमा भैंसी हस्तान्तरण गरेका थिए ।मधेस आन्दोलनमा सिरहाबाट ६ जना सहिद भएका थिए । यो जिल्लामा सरकारले १८ परिवारलाई भैंसी बाँडेको छ । तर, तीन सहिद परिवारले भैंसी पाएका छैनन् ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: