जितेन्द्र सोनलले बाडे आफनो कार्यकर्ताहरुलाई योजना,निर्माण कार्यमा अनियमितता


प्रदेश नम्बर २का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले विकासको रकम अधिकांस आफनो कार्यकर्ताहरुलाई बाटेका छन। कार्यकर्ताहरुलाई मनपरि ढंगले योजना बाटेपछि निर्माण कार्यमा अत्याधिक अनियमितता हुन थालेको छ। भौतिक योजना तथा पुर्वाधार विकास मन्त्रालयले राजपाका दर्जन भन्दा बढी कार्यकर्तालाई योजना दिएर कमाउने माध्यम बनाएका छन । यसप्रकारको योजना दिन भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनललेनै आदेश दिएको बताइएको छ ।
धनुषाका जिल्ला कमिटीकै १६ जनालाई विभिन्न योजना दिएको छ । ती योजनाको काम कुन रुपमा हुने मन्त्रालयको मतलबसम्म पनि देखिँदैन ।
जनकपुरधाम १६ स्थित रेल्वेलाइन नजिक बनिरहेको सडक मापदण्ड विपरीत हुँदा पनि कसैले रोक्न सकिरहेको छैन ।७० लाखको बजेट रहेको सो सडकमा १ सय ८० मिटर आरसिसी ढलानको काम भइरहेको छ । दुई नम्बरको इटा, कमजोर छड प्रयोग भइरहेको छ । सो सडकको ठेक्केदार राष्ट्रिय जनता पार्टी धनुषाका जिल्ला संयोजक प्रमोद यादव रहेकाले कसैले गुणस्तरहीन कार्यलाई रोक्न सकिरहेको छैन ।
जनकपुरधाम १६ का संतोष साहले गुणस्तरीय काज भइरहेको भनी आफूहरु रोकाउन प्रयास गर्दा ठेक्केदारका व्यक्तिहरु कुटन आएको बताए । स्थानीय राजकुमार पूर्वेले यो वर्षातको लागि सडक बनाएर उपकार नगर्न भौतिक मन्त्रालयलाई सल्लाह दिएका छन । उनले या त राम्रो सडक बनाउनुस नत्र त्यतिकै छोडदिनुस बताए ।
अनुगमन गर्ने निकाय पुरै मौन देखिएको छ । यो सडक सम्बन्धमा मन्त्रालयले केही बोलिरहेको छैन भने पूर्वाधार विकास कार्यलयका अधिकारीहरुले क्यामेरा अगाडी केही नबोले पनि मन्त्रीको मानिसलाई रोक्ने हिम्मत हामीसंग नरहेको अनौपचारिक कुराकानीमा बताइरहेका छन ।
राजपा नेता संजय चौधरीले निर्माण कार्यक्रममा भईरहेको अनियमितताको विषयमा प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन । उहाको ध्यानाष्र्कण पत्र जस्ताको त्यस्तै
माननिय मुख्य मंत्री ज्यू ।
प्रदेश नं २
माननिय मुख्य मंत्री ज्यू प्रदेश नं२ का राजधानी माता सिताको नगरि जनकपुर धाममा प्रदेश सरकारका नाक मुनि रहेको भौतिक योजना तथा पुर्वाधार विकास मंत्रालय वाट रू ड्डसत्तरि लाख (रू७००००००) विकासे बजेटवाट जनकपुर उप(महानगर पालिका (१६ रेलवे लाईनको उत्तर र दक्षिण तर्फ कपिलेश्वर महादेव मंदिर जाने वाटोमा अतिनै गुणसातरहिन काम भैरहेको जनगुनासो र समाचार माध्यममा आईरहेको हुदाकक हुदै पनि पटक पटक रकम जिकी ठिक्केदार अटेर गरेर काम गरिरहेको छ।बिभिन्न सरोकारवाला लाई जानकारि गराउदापनि काम गुणस्तरहिनै भैरहेको छ। माननिय मंत्री ज्यू यस प्रदेश लाई खस सरकारका हालिमुहालि हरूले भ्रष्ट र दुईनम्रे प्रदेश भंदै आईरहोको छ यसलाई प्रमाणित हुन न दियौं । मधेशको सडक आनदोलन ,शहिदका सपनालाई र क्रान्ति लाई कागजको पानामा सिमित हुन न दियौ । माननिय मुख्य मंत्री ज्यू गुणस्तरहिन काम गर्नेहरू लाई कारवाही को दैरा मा राखि गुणस्तर कामको आसा गरिरहेको छु।
वधन्यवाद । जय मधेश ।।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: