जनकपुरका युवाले बनाए मानव रहित यन्त्र ः सवारी साधनलाई दुर्घटना हुनवाट जोगाउछ

मेकेनिकल इन्जिनियरिंङ अध्ययनरत युवाहरुले मानव रहित यन्त्र बनाएका छन् । उनीहरुले बनाएका मानव रहित यन्त्रहरुले ट्राफिक कन्ट्रोल गर्नेछ । तापक्रम पत्ता लगाउनुको साथै माटोको प्रकार पत्ता लगाउने छ । साथै सवारी साधनलाई दुर्घटनाबाट बचाउने लगायतका यन्त्रहरु समेत रहेका छन् ।
टेक्नोमाइन्ड रोबोटिक्स क्लव र द रोबो क्रियु नामक संस्थामा आवद्ध रहेका मेकेनिकल इन्जिनियरिंङ पढिरहेका आधा दर्जन युवाहरुले मिलेर ती यन्त्र निर्माण गरेका छन् । दीपक साह नामक युवाको नेतृत्वमा रहेको सो टोलीमा शाहील गुप्ता, सशांक कर्ण, सुभाष शर्मा, जितेन्द्र शर्मा र शेखर कुमार नामक युवा रहेका छन् । उनीहरु सबै मेकेनिकल इन्जिनियरिङका विद्यार्थी हुन् ।
ती युवाहरुले मैनुअल ट्राफिक कन्ट्रोल सिस्टम, अटोमेटिक ट्राफिक लाइट कन्ट्रोल, मार्स रोबोट, अब्सटेकल रोबोट, लाइन फोलोइंग रोबोट लगायतका यन्त्रहरु बनाएका छन् ।
अटोमेटिक ट्राफिक लाइट कन्ट्रोलले कुनै मानवीय सहयोग बिना ट्राफिक लाइटहरुलाई नियन्त्रण गर्न सक्ने उनीहरुको भनाई छ । उनीहरुले निर्माण गरेको अब्सटेकल रोबोटबाट सडकमा गुडिरहेको सवारी साधनलाई दुर्घटनाबाट जोगाउन सक्छ । त्यो रोबोट सवारी साधनमा जडान गरिए अगाडी रहेको बाधालाई २० सेन्टिमिटर अगाडी नै पहिचान गरेर सवारी साधनलाई बाटो परिवर्तन गर्न सक्ने बनाउन सकिन्छ ।
त्यस्तै मार्स रोबोटले मानव जान नसक्ने स्थानमा पुगेर त्यहाँको वस्तु स्थिति, त्यहाँको वातावरण, माटो पानी आदीको विषयमा जानकारी संकलन गर्न सहयोग गर्न सक्नेछ । नासाले मार्समा पठाएको क्युरोसिटि रोबोटबाट प्रेरित भएर ती युवाहरुले यस रोबोटको निर्माण गरेका हुन् । यो रोबोट निर्माण गरेका शाहील गुप्ताले यस रोबोटलाई पृथ्वीको मानव जान नसक्ने स्थानमा पठाउन सकिने बताए ।सरकारी सहयोगको खाँचो
मानव रहित यन्त्र निर्माण गरेका ती युवाहरुले जनकपुरधाममा एउटा रिसर्च सेन्टरको स्थापना माग गरेका छन् ।
उनीहरुले बनाएका ती यन्त्रहरुको परिक्षणका लागि आयोजित कार्यक्रममा सरकारी सहयोग भए अन्य युवाहरु पनि लाभान्वित हुने भएकोले रिसर्च सेन्टरको स्थापना गर्न माग गरेका हुन् ।
युवाहरुको नेतृत्वकर्ता दीपक साहले मिथिला रिसर्च सेन्टरको नाममा जनकपुरधाममा संस्था स्थापना गरिए अन्य अविष्कारहरुका लागि सहयोग पुग्ने बताए । ‘हामीले सरकारी सहयोग पायौँ भने जनकपुरधाममै अटोमेटिक ट्राफिक लाइट कन्ट्रोल कम लागतमै जडान गर्न सक्छौं ।’ उनले भने । उनले ५ लाखको लागतमा कुनै एक स्थानमा यो प्रणाली जडान गर्न सक्ने धारणा राखे । जसमा सिसिटिभी क्यामेरा समेत आफै जडान गरिएको हुन्छ ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: