सिंघानिया हत्याकाण्डमा पूर्व सांसद संजय ’टक्ला’ लाई जन्मकैद

जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याकाण्डमा समेत पूर्वसांसद एवं राज्यमन्त्री संजय साहलाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको छ। यसअघि अदालतले पाँचजनाको ज्यान जाने गरी भएको जनकपुर बमकाण्डमा साहलाई जन्मकैदको फैसला सजाय सुनाएको थियो।सिंहानिया हत्याको करिब १० वर्षपछि १४ जेठदेखि जिल्ला अदालत धनुषामा सुनवाइ सुरु भएको थियो।
घटनमा संलग्न भनिएपनि रामकरण, ओमप्रकाश यादव र अंसी राईनले सफाइ पाएका छन् भने दिपेन्द्रलाई मुलतबीमा राखिएको छ।

मुद्दाको सुनवाई गर्दै जिल्ला अदालत धनुषाका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले पूर्वसांसद साहसहित दुईजनालाई जन्मकैदको फैसला सुनाएको हो। अदालतले हत्यामा संलग्न रहेको भन्दै सुटर मनक लामालाई पनि जन्मकैदको सजाय सुनाएको छ। लामाले संजयले भनेपछि आफूले सिंहानियाको हत्या गरेको अदालतसमक्ष बयान दिएका थिए। साह अहिले ललितपुरको नख्खु कारागारमा छन् भने लामा पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागारमा छन्।यसैगरी साहको नजिकका भनिएका रामविनोद यादवलाई तीन वर्ष, एकलाल सहनीलाई १० वर्ष, चन्द्रदीप यादवलाई १० वर्ष, पवन लामालाई १० वर्ष र मुकेश चौधरीलाई २० रुपैयाँ जरिवाना गरिएको हो।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: