नेकपा सिरहामा विरोध


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश(२ कमिटीका वर्तमान प्रदेश पदाधिकारीले पदीय दुरुपयोग गरी स्वेच्छाचारी ढङ्गले जिल्ला सदस्य छनौट गरेको भन्दै विरोध जनाएका छन् ।
केन्द्रीय सदस्य समेत रहेका प्रदेश २ का सांसद जगत यादव लगायत जनप्रतिनिधिहरूले मंगलबार पत्रकार सम्मेलन गर्दै विरोध जनाएका हुन् ।

सांसद जगत यादव, प्रदेश समिति सदस्य महेश यादव, मिर्चैया नगरपालिका प्रमुख श्रवण यादव, कर्जन्हा नगरपालिका प्रमुख गंगा पासवान, महेन्द्र पासवान लगायतले जिल्ला सदस्यको छनौट कार्यमा असहमति जनाउँदै मंगलबार पत्रकार सम्मेलन गरी विज्ञप्तिमार्फत् प्रदेश समितिको निर्णयको घोर भत्र्सना गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ’पार्टीको आन्तरिक गतिविधिमा समेत क्रियाशील नरहेका आफ्ना नातागोता र आसेपासेलाई विशेष प्राथमिकता दिई जिल्ला सदस्यको छनौट गर्ने कार्यले क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा नै गम्भीर असर पर्ने र अन्ततः पार्टी नै बिघटन हुने स्थिति उत्पन्न हुने भएकाले प्रदेश समितिको उक्त निर्णयप्रति हामी घोर भत्र्सना गर्दछौं ।’
यस्तै, प्रदेश २ कमिटीले सार्वजनिक गरेको जिल्ला सदस्यको नामावली पार्टी केन्द्रीय सचिवालयको परिपत्र, विगत एक वर्षदेखि भएको छलफलको निष्कर्ष र केन्द्रीय सदस्यहरूको परामर्शलाई बेवास्ता गरी सार्वजनिक भएको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूले साविक नेकपा ९माओवादी केन्द्र०को तर्फबाट प्रतिनिधित्व गरेका प्रदेश पदाधिकारीले सर्वसम्मत टुङ्गो लागिसकेको सदस्यहरूलाई स्वेच्छाचारी ढङ्गले पदीय दुरुपयोग गरी जनयुद्धकालीन कमरेडहरूलाई पाखा लगाइएको आरोप लगाएका छन् ।
हाल प्रदेश २का पदाधिकारी साविक माओवादी केन्द्रबाट सह–इन्चार्ज विश्वनाथ साह र अध्यक्ष प्रभू साह रहेका छन् भने पूर्वएमालेबाट इन्चार्ज सत्यनारायण मण्डल र सचिव सुमन प्याकुरेल छन् ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: