बैकुण्ठ दासलाई १२ वर्षको जेल सजाय


उच्च अदालत जनकपुरले महोत्तरीका शिक्षा कार्यालयका कर्मचारी लाल झाको हत्यामा जिल्ला अदालत धनुषाको फैसलालाई उल्टाएको छ। उच्च अदालत जनकपुरका न्याधिस हरिकुमार पोखरेल र बालकृष्ण उप्रेतीको ईजलासले जिल्ला अदालत धनुषाको आदेशलाई उल्टाएको छ।

जिल्ला अदालत धनुषाले रत्नसागर मन्दिरका तत्कालिन महन्थ बैकुण्ठ दासलाई साधारण तारेखमा रिहा गरेको थियो । सो आदेशलाई उल्टाउदै उच्च अदालत जनकपुरले बैकुण्ठ दासलाई १२ वर्ष कैदको सजाय सुनाएको छ। सो घटनामा अन्य अभियुक्राहरु राकेश पाण्डे,सुनिल अधिकारी,शिवकुमार ठाकुरको हमा सर्वश्रव सहितको जन्म कैदबाट जन्म कैदको सजाय सुनाएको छ। घटनाको ७ जना अभियुक्तलाई प्रतिवादी बनाउदै जिल्ला अदालत धनुषामा मुद्दा दायर गरिएको थियो । जस मध्ये २ जना फरार रहेको छ। घटनामा जनतान्त्रिक तराई मुक्त मोर्चाका अध्यक्ष राजन मुक्तीलाई जिल्ला अदालत धनुषाले सफाई दिएको थियो ।  बैकुण्ठ दासलाई किर्ते जाल साजी मुद्दामा यस अघि उच्च अदालत जनकपुरले थुनामा राख्ने आदेश दिएपछि बैकुण्ठ फरार भएका छन । जनक हजारी विद्यापीठका प्राचार्य विजयकुमार चौधरीको जाहिरीमा नेपाल सरकारको तर्फबाट जिल्ला अदालत धनुषामा दायर अभियोग पत्रमा प्रतिवादी महन्त बैकुण्ठ दास र पुजारी अशोक शर्मासँग १६ करोड ९१ लाख २५ हजार रुपैयाँ बिगो तथा जेल सजायको माग दाबी गरिएको थियो ।नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पस जनक हजारी विद्यापीठको ०५० देखि नै भोगचलनमा रहेको जनकपुर ८ स्थित कित्ता ६२ को २ कट्ठा ११ धुर तथा कित्ता १,२, २८ तथा ४९ को २ बिघा ८ कट्ठा १४ धुर जग्गा कीर्ते लालपुर्जा बनाई बिक्री वितरण गर्न खोजेको दुवैमाथि लगाइएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: