जनकपुरधाम उपमहानगरपालिकामा व्यापक अनियमितता, एक वर्षमा विद्युतीय उपकरण मर्मतमा २२ लाख खर्च


जनकपुरधाम उपमहानगरपालिकामा विभिन्न योजनाहरुमा मनपरि किसिमले खर्च गरिएको देखिएको छ। विभिन्न शिर्षकमा व्यापक रुपमा खर्च गरिएको छ। जनकपुरधाम उपमहानगरपालिकाले जेठ असार मसान्त सम्म कम्प्युटर,प्रिन्टर,स्कयानर,फयाक्स तथा अन्य विद्युतिपय उपकरण मर्मतमा करिब २२लाख ५८ हजार ५सय २० रुपैया खर्च भएको छ। एक जना बोर्ड प्रतिनिधिका अनुसार केही पसलहरुको नक्कली बिल तयार गरिएर यसरी अनियमितता हुने गरिएको छ। त्यही रकमबाट मर्मतको नाउमा खर्च गर्नुको साटो नयां समान नै आउने भएको र कार्यालयको लागि अत्याधिक रुपमा समान आउन सक्ने कथन रहेको छ।
जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले चालू आर्थिक वर्षमा करोडका सवारीसाधन खरिदमा मात्रै करोडौं रुपैयाँ खर्च गरेको छ ।शहरमा पूर्वाधार विकास निर्माण गर्नका लागि आउने पूँजीगत बजेटबाट सवारीसाधन खरिदमा खर्च गरिएको छ ।उपमहानगरपालिकाका लेखापाल दिनेश चौधरीका अनुसार चालू आर्थिक वर्षमा सवारीसाधनको खरिदमा २ करोड २५ लाख २६ हजार ५ सय ४१ रुपैयाँ खर्च गरिसकिएको छ । कतिपय खरिद गरिएका सवारीसाधनको भुक्तानी गर्न बाँकी रहेको हुन सक्ने उनले बताए ।
खरिद गरिएकामध्ये ४ वटा टिप्परको ८८ लाख रुपैयाँ, ४ वटा ट्रयाक्टरको ५० लाख रुपैयाँ, प्रकासकीय अधिकृत चढ्ने गाडीको ३६ लाख ३९ हजार रुपैयाँ रहेको जनाइएको छ ।प्रमुख प्रशासकीय अधिकृतलाई चढ्नका लागि ‘पीक अप’ गाडी र २५ जना वडाध्यक्षका लागि मोटरसाइकल खरिद गरिएको छ । जनकपुरधामकै जानकी अटो सेन्टरबाट प्रतिमोटरसाइकल २ लाख ७४ हजार ७ सय रुपैयाँका दरले खरिद गरेर भुक्तानी गरिएको छ ।
उपमहानगरको जिन्सी शाखाका प्रमुख गणेश यादवका अनुसार २५ जना वडाध्यक्षको लागि मोटरसाइकल खरिद गरिएको भएपनि वडा नम्बर १० का वडाध्यक्ष मिथिलेशलाल कर्णले मोटरसाइकल लिएका छैनन् ।
‘आफ्नो वडाको बजेटबाट ५ लाख रुपैयाँमा सफाइको लागि टेम्पो किन्ने योजना बनाएको थिएँ तर मेयर सा’पले त्यसरी वडाले सवारीसाधन किन्न मिल्दैन भन्नुभयो,’ वडाध्यक्ष कर्णले भने, ‘मैले आफ्नो वडामा सफाइको लागि गाडी कुदाउन सकेको छैन, त्यस्तो अवस्थामा मैले उपमहानगरको मोटरसाइकल चढ्ने नैतिकताले पनि नदिने भन्दै मोटरसाइकल नलिएको हो ।’वडाध्यक्षलाई दिइएको मोटरसाइकलको सवारीधनीमा उपमहानगरकै नाम राखिएको छ । पुरानो ३ थान मोटरसाइकल भने कर्मचारीले चढ्दै आएका छन् । सफाइ प्रमुख ललन कर्ण, सफाइ सुपरीवेक्षक मेहदी हुसैन र लेखापाल दिनेश चौधरीले पुरानो मोटरसाइकल चढिरहेका छन् ।
उपमहानगरले चालू आर्थिक वर्षमा ४ थान मिनी टिप्पर र २ थान ट्रयाक्टर समेत किनेको छ । मिनि टिप्पर फोहोर उठाउनका लागि किनिएको हो । तर किनिएको ४ थान ट्रयाक्टरमध्ये १ थान ट्रयाक्टरको इन्जिन नै बिग्रिसकेको एक जना कर्मचारीले बताए । इन्धनमा लाखौं रुपैयाँ खर्च गरिरहेको उपमहानगरपालिकाले मोबिलका लागि समयमा भुक्तानी नदिँदा इन्जिन नै बिग्रिएर ग्यारेजमा थन्काइएको एक जना चालकले बताए ।
जिन्सी फाँटका अधिकृत गणेश यादव भने इन्जिन नबिग्रिएको दाबी गर्छन् । ‘बिग्रन त बिग्रेकै हो तर इन्जिन नै सिज भएको छैन,’ यादवले भने, ‘खरिद गरिएका नयाँ २ वटा स्वराज ट्रयाक्टरलाई ग्यारेजबाट फिर्ता झिकाएका छौं ।’ खरिद गरेकै वर्ष सवारीसाधन बिग्रिएर ग्यारेजमा थन्किएका छ ।
उपमहानगरका आफ्नै सवारीसाधन मर्मतकर्ता मोहम्मद रेजा उल्लामार्फत ठीक गराउने सोचका साथ ग्यारेजबाट ट्रयाक्टर फिर्ता झिकाइएको उनले बताए । रेजालाई ‘मेकानिक’ भन्दै नियुक्त गरिएको छ ।
सवारीसाधन हुँदाहुदै पनि उपमहानगरले सवारीसाधन भाडामा समेत लिएर लाखौं रुपैयाँ खर्च गरेको छ । चालू आर्थिक वर्षको चैत्र महिनासम्म चालू खर्च अन्तर्गत सवारी भाडामा मात्रै १ लाख ७८ हजार रुपैयाँ खर्च गरिएको छ ।


बोर्ड प्रतिनिधिहरुका अनुसार आफुहरुले पटक पटक नगरपालिकाको आय व्यय माग्दा समेत नदिने गरिएको छ यसको प्रमुख कारण नै अनियमितालाई जनाइएको छ। विभिन्न योजनाहरुमा अनियमितता भईरहेको विरोधमा नेपाली काग्रेससंग आवद्ध बोर्ड सदस्यहरुले विरोध जनाएका छन । उनिहरुले नगरपरिषदमा आय व्ययको विववरण सार्वजनिक नगरेको कारणले गर्दा विरोध जनाउदै आएका छन। असार १३ गते आय व्यय सार्वजनिक गरेको जनकपुरधाम उपमहानगरपालिकाले पुर्ण विववरण सार्वजनिक नगरेको कारणले काग्रेससंग आवद्ध रहेको बोर्ड सदस्यहरुले परिषदको बन्द सत्र वहिष्कार गरेका थिए । वडा नम्बर ९ का वडा अध्यक्ष परमेश्वर साहल आफुहरुले हरहिसाव माग्दा नदिएको कारणले परिषदको बैठक बहिष्कार गर्नुपर्ने अवस्था आएको बताए ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: