साईकल पाउने छात्रालाई नै थाहा छैन मुख्यमन्त्रीको नाम


प्रदेश नम्बर २ सरकारले मुख्यमन्त्री बेटी बचाउ बेटी बढाउ अभियान अन्र्तगत प्रदेशको ८ वटै जिल्लामा साईक्ल वितरण गरेको छ। सरकारले विद्यालयमा छात्राहरुको डप आउट काम गर्नको लागि साईकल वितरण सुरु गरेको छ । साईकल पाउने छात्राहरु उत्साहित देखिएपनि उनिहरुलाई प्रदेशको मुख्यमन्त्रीको नाम समेत थाहा नभएको बताएका छन। साईकल वितरण अभियानको सुरुवात जनकपुरको कन्या माध्यमक विद्यालयबाट सुरुवात गरिएको भएपनि छात्राहरुलाई भने आफनै प्रदेशको मुख्यमन्त्रीको नाम थाहा नभएको बताएका थिए ।प्रदेश सरकारले ल्याएको बेटी बचाउ बेटी पढाउ योजनामा निकै अनियमितता भईरहेको छ । सो कार्यक्रममा आफनो कार्यकर्ताहरुको भर्ति केन्द्र बनाइएको छ । मुख्यमन्त्री लालबाबु राउतले छोरीहरूको पढाइलाई प्रोत्साहन मिल्न सकोस् भन्ने ध्येयका साथ प्रदेशका छात्राहरूलाई अभियान अन्तर्गत साइकल वितरण गर्न गर्न लागेका हुन् । कुल १४ हजार छात्राहरूलाई साइकल वितरण गरिने मुख्यमन्त्री राउतको लक्ष्य रहेको ’मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान’ कार्यक्रमका सहजकर्ता प्रियंका यादवले बताइन् ।सप्तरी राजविराजकी यादवलाई मुख्यमन्त्री राउतले करारमा नायब सुब्बा सरहको पारिश्रमिक दिने गरी मन्त्रालयमा सहजकर्ताको रूपमा भर्ना गरेका छन् । उनले भनिन,‘पहिलो चरणमा ४ हजार साइकल वितरण गरिनेछ भने दोश्रो चरणमा १० हजार साइकल वितरण गरिनेछ ।’
सामुदायिक विद्यालयको कक्षा ८ देखि १० कक्षासम्मका छात्राहरूलाई पहिलो चरणमा साइकल वितरण गरिनेछ भने दोश्रो चरणमा कक्षा १२ सम्मका छात्राहरूलाई उक्त साइकल वितरण गरिनेछ । साइकल कस्सिँदै गरेको भए पनि कहिले र कुन(कुन विद्यालयका छात्रालाई साइकल वितरण गरिने भन्ने विषयको टुंगो नलागेको यादवले बताइन् । अहिले प्रदेशका आठ वटै जिल्लाका सामुदायिक विद्यालयहरूले विद्यालयको लेटर प्याडमा कक्षागत छात्राको संख्या उल्लेख गरेर साइकल उपलब्ध गराइदिन भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा माग गर्ने गरिएको पत्र आइ रहेको उनले जानकारी दिइन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सुचना अधिकारी पदम प्रसाद पोखरेलका अनुसार मन्त्रालयले विराटनगरका हेलिस इन्टरप्राइजेजलाई साइकल आपूर्ति गर्न टेन्डर दिएको छ । ‘प्रति साइकल ४ हजार २ सयका दरले पहिलो चरणमा ४ हजार साइकल उक्त इन्टरप्राइजेजले आपूर्ति गर्नेछ,’ सुचना अधिकारी पोखरेलले भने, ‘निर्देशक समितिको बैठक बसेर निर्णय गरेपछि आउँदो असार १५ गतेभित्र ती साइकल वितरण गरिनेछ ।’दोस्रो चरणको लागि आपूर्ति गरिने १० हजार थप साइकल कसलाई टेन्डर दिने भन्ने निर्णय अहिले नभएको उनले बताए ।
प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले आफ्नै नेतृत्वमा सञ्चालन गरेको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ कार्यकर्तालाई जागिर दिने भर्तीकेन्द्र बनेको छ ।
अभियान अन्तर्गत प्रभू बैंकसँग सम्झौता गरेर प्रभू बैंकलाई धनी बनाउने ‘छोरी शिक्षा बीमा कार्यक्रम’ अन्तर्गत मुख्यमन्त्री राउतले समाजवादी पार्टीका कार्यकर्तालाई स्वयंसेवकको नाममा जागिर दिने काम गरेका छन् । मुख्यमन्त्री राउत समाजवादी पार्टीकै नेता हुन् ।प्रदेश सरकारले छोरी बीमा कार्यक्रम प्रभू बैंकमार्फत सञ्चालन गरिरहेको छ । स्वयंसेवक भनेपछि विना पारिश्रमिक निःशुल्क सेवा गर्नुपर्ने भएपनि प्रदेश सरकारले मनपरी भर्ना गरेको स्वयंसेवकलाई तलब दिने गरेको छ । मुख्यमन्त्री राउतले पहिलो चरणमा भर्ना गरेका ८०  जना स्वयंसेवकको मासिक पारिश्रमिक २१ हजार रुपैयाँ रहेको छ ।
स्वयंसेवकलाई तलब रकम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रभू बैंकले संयुक्त रुपमा दिने गरेको छ । स्वयंसेवकलाई बीमा एजेन्टले बैंकका लागि गर्नेजस्तो काम दिइएको छ तर केही तलब मुख्यमन्त्री कार्यालयबाट समेत दिने गरिएको छ ।
‘पहिलो चरणमा ८० जना स्वयंसेवकलाई भर्ना गर्ने काम अन्तर्गत ७० जनालाई छनौट गरिसकिएको छ,’ मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियानकी सहजकर्ता प्रियंका यादवले भनिन, ‘केही दिनमै बाँकी १० जना र अन्य आवश्यक दोस्रो चरणका लागि पनि छनौट गर्ने प्रक्रिया अगाडि बढ्ने छ ।’स्वयंसेवकलाई प्रभू बैंकले १३ हजार ५ सय रुपैयाँ र मुख्यमन्त्री कार्यालयले ७ हजार ५ सय रुपैयाँ मासिक पारिश्रमिक दिने गरेको छ । धनुषाको नगराईन नगरपालिका र औरही गाउँपालिकामा स्वयंसेवक भएर काम गरिरहेका जनकपुरधाम उपमहानगरपालिका–१७ का सुरेन्द्र यादवले भने, ‘हामीलाई प्रभू बैंकले १३ हजार ५ सय रुपैयाँ र मुख्यमन्त्री कार्यालयले ७ हजार ५ सय रुपैयाँ मासिक पारिश्रमिक दिने गरेको छ ।’
मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियान कार्यक्रमको सहजकर्ताका लागि मुख्यमन्त्री राउतले प्रियंका यादवलाई आफ्नै मन्त्रालयमा करारमा भर्ना गरेर जिम्मेवारी दिएका छन् । अभियानका लागि हुने सबैखाले कामको सहजकर्ताको रुपमा उनले काम गरिरहेकी छन् ।
‘छनौट गरिएका स्वयंसेवकले विभिन्न स्थानीय तहबाट छोरी शिक्षा बीमाका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात र स्थानीय तहको सिफारिस ल्याउने काम गरिरहेका छन,’ सहजकर्ता यादवले भनिन् । मुख्यमन्त्री कार्यालयमा आइसकेका सबै कागजात बीमाका लागि प्रभू बैंकसम्म र्पुयाउने काम पनि भइरहेको छ ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: