धनुषाको हंसपुर नगरपालिकामा व्यापक अनियमितता,मेयरकै संग्लनता

जनप्रतिनिधि आएपछि विकासको कामले गति लेला भन्ने आशा सबै तिर गरिएपछि अहिले जनप्रतिनिधिकै संग्लनतामा अनियमिता मौलाउन थालेको छ। धनुषामा सबै भन्दा विवादित नगरपालिका मध्ये एक रहेको हंसपुर नगरपालिकामा मेयर राम ज्ञान मण्डलको संग्लनतामा व्यापक अनियमितता भएको रहस्य बाहरिएको छ । सो नगरपालिकामा आर्थिक कार्यविधि नियमावली २०६४ विपरित विगतको आर्थिक वर्षमा समेत निकै कामहरु भएको छ। भने चालु आर्थिक वर्षमा समेत जारी रहेको छ । नगरपालिकाका प्रमुख रामज्ञान मण्डललाई २०७४ ।१२।२१ गते देखि ०७४।१२।२९ सम्म,२०७४ ८।१५ गत् देखि २०७४।६।२७ देखि २०७४।७।१ सम्म काठमाडौ भ्रमण गरेवापत ५लाख ७७ हजार भुक्तानी दिइएको छ। सो भ्रमणको रकम लिदा कुनैपनि प्रकारको विल भराई समेत पेश नगरिएको र यतिकै रकम दिइएको छ । विना कानुनी पक्रिया पुरा गरेर रकम दिइएको छ। सो रकम असुल्न समेत लेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ। मेयर मण्डलले विभिन्न योजनाको अनुगमनको नाउमा समेत जथाभावि रुपमा भत्ता बुझेका छन । विना प्रक्रिया पुराएर नगरपालिकबाट भत्ता बुझीइएके छ। भ्रमण खर्च नियमावली विपरित भत्ता बुझीएको छ। १५ किलोमिटर भन्दा टाढाको दुरीमा मात्रै दैनिक भत्ता पाउने व्यवस्था भएकोले १५ किलोमिटर भित्र अनुगमन भत्ता दिन नमिल्ने व्यवस्था हुदा समेत मेयर मण्डलले आफै नियमिावली विपरित भत्ता बुझेका छन । बहुक्षेत्रिय पोषण योजनाको अनुगमन तथा मुल्याकंन वापत नगरप्रमुख मण्डल सहित ६ जनाले ६० हजार भत्ता बुझेका छन । उनले आफुसंगै कर्मचारीहरुलाई खुसी म्रतुल्याउनको लागि समेत नियम विपरित भत्ता वितरण गरेका छन। जनस्वास्थ्य संयोजक विगुल यादव र लेखापाल अरविन्दकुमार दासलाई स्वास्थ्य सम्बन्धी कार्यक्रमको अनुगमन तथा सुरपरिक्षण वापत २७ हजार भत्ता लिएका छन ।
त्यसैगरि संचार खर्चमा समेत मेयर मण्डलले अनियमितता गरेका छन ।गत आर्थिक वर्षमा नगरपालिकामा संचार खर्चको नाउमा नै रिचार्ज करिब ३४ हजारको खरिद गरिएको छ।हंसपुर नगरपालिकामा व्यक्तिगत प्रयोजनाको लागि मोवाईल समेत नगरपालिकाको खर्चमा खरिद गरिएको छ । मोवाईकल कसलाई दिएको वा किन खरिद गरिएको सोको विववरण समेत खुलाइएको छैन । २०७५।३।३२बाट नगरपालिकले तिरुपति मोवाईल रिपेयरिंग सेन्टरबाट मोवाईल एक थान १४ हजार ४सय ९९ रुपैयामा खरिद गरि खर्च लेखेको देखिएको छ। उक्ता मोवाईकल कुन कर्मचारीको लागि खरिद भएको हो प्रयोजन समेत नखुलाई खर्च लेखेको देखिएको छ।
आतंकीत उपमेयर झा
हंसपुर नगरपालिकाका उपमेयर रेणु झा आफु मेयर राम ज्ञान मण्डलको कारणले असुरक्षीत रहेको बताइएकी छिन । समाजिक संजालमा आफुलाई मेयर मण्डलको निर्देशनमा विभिन्न प्रकारले धम्कीहरु आउने गरिएको जनाइएकी छिन । समाजिक संजालमा उनले आफुले विभिन्न योजनाहरुको अनुगमनको क्रममा धम्की आउने गरिएकी बताएकी छिन । उपमेयर झाले समाजिक संजालमा लेखेकी छिन मेरो अनुगमन को बेला मलाई बिभिन धम्की दिन्छ यो मलाई र मेरो परिवार समेत लाई केहि भए हंसपुर को मेयर समातनु म अब धेरै भयभित भएको छु ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: