मुख्यमन्त्रीद्वारा साईकल हस्तान्तरण

बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत आज धनुषा जिल्लाको दुई माविलाई साईकल हस्तान्तरण गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले धनुषाको फुलगामास्थित गिरिजा मावि र कनकपट्टीस्थित सरस्वती माविका प्रअलाई साइकल हस्तान्तरण गर्नुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा मुख्यमन्त्री राउतले फुलगामा माविका प्रअ शितल यादव र कनकपट्टी माविका प्रअ अरविन्द यादवलाई साईकल हस्तान्तरण गर्नुभएको हो ।
कार्यालयले सरस्वती मावि कनकपट्टीलाई ४३ थान र गिरिजा मावि फुलगामालाई १ सय ३४ थान साईकल उपलब्ध गराएको छ । उक्त साइकल ती माविमा कक्षा ८ मा अध्ययनरत्त छात्राहरुलाई वितरण गर्ने भएको छ ।
प्रदेश २ सरकारले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत आठै जिल्लाका १४ हजार छात्रालाई साइकल वितरण गर्न लागेको छ ।

यसअघि जनकपुरको कन्या मावि कक्षा ८ मा अध्ययनरत्त छात्रालाई साईकल वितरण गरिएको थियो । साइकल हस्तान्तरणको अवसरमा समाजवादी पार्टी नेपाल प्रदेश २ का संसदीय दलका उपनेता रामअशिष यादव, प्रमुख सचिव दिपक सुवेदी, कानुन सचिव कोमल खत्री लगायतको उपस्थिति रहेको थियो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: