भोजपुरमा प्रहरी(विप्लव कार्यकर्ताबीच गोली हानाहान, दुईको मृत्यु

भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताको गोली लागेर एक प्रहरी जवानको मृत्यु भएको छ। सदरमुकामको शनिबारे हटिया लाइनमा बुधबार बिहान सवा आठ बजेतिर गोली लागेर एक प्रहरी जवानको मृत्यु भएको हो। प्रहरीको जवाफी फायरिङका विप्लवका एक कार्यकर्ताको पनि मृत्यु भएको प्रहरीले बताएको छ। सदरमुकाममा विप्लव कार्यकर्ता हतियारसहित प्रवेश गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले सुरुमा गोली प्रहार गरेका थिए। विप्लव कार्यकर्ताको गोली लागेर प्रहरी जवान सञ्जीव राईको मृत्यु भएको नेपाल प्रहरीका निमित्त प्रवक्ता एसपी रमेश थापाले जानकारी दिए।
थापाकाअनुसार जवाफी फायरिङमा विप्लवका एक कार्यकर्ताको मृत्यु भएको छ।  मृत्यु हने विप्लव कार्यकर्ता ओखलढुंगाका जिल्ला इन्चार्ज निरकुमार राई रहेको खुलेको छ। प्रहरीले उनको साथबाट एक थान चाइनिज पेस्तोल, र पाँच राउन्ड गोली बरामद गरिएको जानकारी दिएको छ। भोजपुरमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रदेश एकको केन्द्रबाटसमेत प्रहरी घटनास्थलतर्फ गइरहेको छ।
गत फागुनमा सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाएपछि विभिन्न हिंसात्मक घटना हुँदै आएका छन्। सरकारले विप्लवका कार्यकर्तालाई उच्च निगरानी राखेको छ।
मृतक दुवैको शव अहिले  जिल्ला अस्पताल भोजपुरमा राखिएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: