जनकपुरको अनुहार फेरियो ःराजेन्द्र महतो


राष्टिय जनता पार्टी नेपालका नेता एवं धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य राजेन्द्र महतोले खुलेकुदको विकासबाट मात्रै मुलुकको विकास सम्भव रहेको बताउनु भयो । उहाले युवाहरुलाई खेल क्षेत्रमा आफनो प्रतिभा देखाउनको लागि आग्रह गर्नुभयो । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा सुरु भएको प्रथम मेयर कपको उदघाटन समारोहमा बोल्दै महतोले जनकपुरको विकासको लागि आफनो तर्फबाट रहेक प्रकारको सहयोग गर्ने समेत बताउनुभयो । उहाले जनकपुरको सौन्दर्यीकरण र सफाईको लागि आफनो तर्फबाट समेत सहयोग रहेन बताउनुभयो । महतोले निर्वाचनको समयमा जनकपुर निकै फोहर रहेको बताउदै अहिले आएर सफाई र सडक विस्तारले जनकपुरको गरिमा बढेको जिकिर गर्नुभयो । उहाले सडक निर्माणबाट मात्रै विकास नुहेन बताउदै सरसफाईमा समेत विशेष ध्यान दिन आग्रह गर्नुभयो । महतोले जनकपुर नगरको अहिले सफाई राम्रो संग सुरुवात भएको बताउदै यसलाई निरन्तरताको खाचो रहेको बताउनुभयो । उहाले आफुले आफनो संसदीय विकास कोषबाट जनकपुरधाम उपमहानगरपालिकालाई सफाई सामग्री किन्नको लागि रकम सहयोग गरेको बताउनुभयो ।
महतोले खेलकुद क्षेत्रको विकासको लागि प्रदेश सरकारको समेत ध्यान जानुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाले खेलकुदको माध्यमबाट देश र दुनियामा युवाहरुलाई आफनो प्रतिभा देखाउन मौका मिल्ने भएको कारणले खेलकुदको विकासको लागि सबै पक्षको सहयोगको आवश्यकता रहेको बताउनुभयो । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिसोर साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य सुरिताकुमार साह,जिल्ला समन्वय समितिका अध्यक्ष राम देव बनरैत यादव,प्रमुख जिल्ला अधिकारी प्रदीप राज कणेल सहितको सहभागिता रहेको थियो ।



SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: