मन्त्री साह आफनो क्षेत्र मुखि बन्दै

मधेस आन्दोलनको क्रममा विभेद विरुद्धको आन्दोलनमा लागेको भन्दै आम जनतालाई विभेद विरुद्ध लाग्न आहवान गरेको मधेस केन्द्रित दलहरु अहिले आफै विभेदकारी कार्यमा लिप्त देखिएको छ। केषि सहकारी तथा भुमि व्यवस्था मन्त्रालयले मधेस आन्दोलनको शहिद र घाइतेहरुलाई भैसी वितरण योजना ल्याएको छ। तर आफै मन्त्री रहेको शैलेन्द्र साहले अन्य जिल्लाको तुलनामा सप्तरीमा अत्याधिक भैसी वितरण गरेको छ। आइतबार मलेठमा २० जनालाई र सोमबार भारदहमा १४ जनालाई भैंसी वितरण गरिएको छ । सप्तरी जिल्लामा १८ सहिद र १६ जना सख्त घाइतेका परिवारलाई भैंसी वितरण गर्ने योजना रहेको जानकारी दिँदै मन्त्री साहले सिरहामा चार, सर्लाहीमा सात, महोत्तरीमा नौ, धनुषामा तीन, रौतहटमा पाँच, बारामा पाँच र पर्सामा सात सहिद परिवारलाई भैंसी वितरणको कार्यक्रम चालु आर्थिक वर्षमा रहेको बताए ।यसैगरी सिरहामा १४, सर्लाहीमा ९, महोत्तरीमा दुई, धनुषामा पाँच, रौतहटमा चार, बारामा चार र पर्सामा १० सख्त घाइते परिवारलाई पनि भैंसी वितरण गरिने मन्त्री साहले जानकारी दिए । वितरण गरिएको भैंसी तीन वर्षसम्म बेच्न नपाइने र अरुलाई उपहार वा पेवा दिन नपाइने गरी सम्झौता गर्ने गरिएको छ ।मधेस आन्दोलनका सहिद परिवारलाई प्रदेश सरकारको पहिलो मन्त्रिपरिषदको निर्णयबाट एक
परिवार एक रोजगारको सन्दर्भमा हरेक सहिद परिवारलाई नियुक्ति पत्र दिई सकिएको र व्यवस्थापन मिलाउने क्रममा रहेको मन्त्री साहले जानकारी दिए । प्रदेश सरकारले मधेस आन्दोलनको सहिदका बालबालिकाको अध्ययनका लागि विशेष छात्रवृत्ति योजना ल्याएको र क्रमैसँग मधेस आन्दोलनका घाइते परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइरहेको उनले जानकारी दिए ।तर आठ जिल्ला रहेको प्रदेशमा अन्या जिल्लाको तुलनामा सप्तरीलाई बढि प्राथमिता दिइएको छ। मधेस केन्द्रित दलहरु आफै विभेदकारी नितिमा अग्रसर रहेको छ। प्रदेश २ सरकारले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै सहिद, बेपत्ता तथा घाइते परिवार सप्तरीले संघर्षको चेतावनी दिएको छ ।राजविराजमा शनिबार पत्रकार सम्मेलन गरी सहिद, बेपत्ता तथा घाइते परिवार सप्तरीले भेदभावपूर्ण व्यवहार नरोके संघर्षको सामनाका लागि तयार रहन चेतावनी दिएको हो ।पत्रकार सम्मेलनमा सहिद, बेपत्ता तथा घाइते परिवार सप्तरीकी अध्यक्ष शम्भुनाथ नगरपालिका १ खोक्सर प्रवाहाकी रीता चौधरीले प्रदेश २ सरकारबाट मधेस आन्दोलनका सहिद र घाइते परिवारलाई मात्र सेवा सुविधा दिई जनआन्दोलन र माओवादी जनयुद्धका सहिदको उपेक्षा गरिरहेकोले आन्दोलनको विकल्प नभएको बताइन् ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: