एकदिवसीयमा नेपालको वरियता खस्कियो


अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १५ औं स्थानमा रहेको छ । नयाँ वरियतामा नेपालले एक सय ५२ अंक पाएको छ । यसअघि नेपाल १४ औं स्थानमा रहेको थियो । टी–ट्वान्टी वरियतामा भने नेपाल ११ औं स्थानमा रहेको छ । आईसीसीबाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएर संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय सिरिज खेलेपछि नेपाल वरियतामा पर्न थालेको हो । गत माघमा भएको उक्त सिरिज नेपालले २(१ ले जितेको थियो । युएईसंगको सिरिजपछि नेपालले अन्य एकदिवसीय खेल खेलेको छैन । वरियतामा नेपाल भन्दा तल युएई र पपुवा न्युगिनी रहेका छन् । नयाँ वरियताको शीर्ष स्थानमा भारत, दोस्रोमा इंग्ल्याण्ड र तेस्रो स्थानमा न्युजिल्यान्ड रहेका छन् । चौथोमा अष्ट्रेलिया र पाँचौमा दक्षिण अफ्रीका रहेको छ । एकदिवसीय खेलाडी वरियतामा नेपालका कुनै पनि खेलाडीले शीर्ष १०० भित्र स्थान बनाउन सकेका छैनन् ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: