हुलाक कार्यालयमा धर्नामा बसेका सप्तरका पत्रकार पक्राउ


हुलाक कार्यालय जनकपुरमा आज धर्ना बसेका सप्तरीका एक दर्जनबढी सञ्चारकर्मीलाई प्रहरीले बल प्रयोग गरि पक्राउ गरेको छ ।पत्र–पत्रिकालाई प्रदान गरिदै आएको लोक कल्याणकारी विज्ञापन वापतको पैसा कटौती गरिएकोप्रति विरोध जनाउँदै धर्ना बसेका सप्तरीका संचारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरी सबै संचारकर्मीलाई जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको जनाइएको छ ।
स्थानीय पत्र–पत्रिकालाई बन्द गराउने नियतले १० महिनापछि विज्ञापन वापतको रकम प्रदान गरिएपनि अधिकांश पत्रिकाको ४०–७० प्रतिशत रकम कटौती गरिएको पक्राउ परेका सप्तरीका पत्रकार श्यामसुन्दर यादबले आरोप लगाएका छन् ।
रकम कटौती गरिएको विषयमा सरकार मातहतका जिम्मेवार निकायहरुलाई जानकारी गराएपनि सुनुवाई नभएपछि वाध्य भएर धर्ना बस्नुपर्ने अवस्था आएको र धर्ना बस्दा प्रहरीले पक्राउ गरेको उनीहरुले बताएका छन् । रकम कटौती गरिएको विषयमा सरकार मातहतका जिम्मेवार निकायहरुलाई जानकारी गराएपनि सुनुवाई नभएपछि वाध्य भएर धर्ना बस्नुपर्ने अवस्था आएको धर्नाका सहभागी नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिनुभएको छ ।‘संघ र प्रदेश दुवै सरकार मातहतका जिम्मेवार निकायहरु जानकारी नगराएको होईन’ उहाँले भन्नुभयो, ‘तर एकातिर आश्वासन र आलटाल छ भने अर्को तिर मौनता छाएको छ ।’
उहाँले प्रदेश र संघ सरकारकासाथै लोकतान्त्रिक परिपाटीको धरोहर मान्ने नेतृत्व वर्ग, मधेशका ठुला नेताहरु लगायत आफूहरुको विषयमा गम्भीर हुन आग्रह गर्नुभयो । आफूहरुको मागको सुनुवाई नभए नभए मुख्यमन्त्री र प्रधानमन्त्री कार्यालयमा धर्ना दिने उहाँको चेतावनी छ ।
यता प्रहरीले शान्ति पुर्ण आन्दोलनमा धर्नामा बसेका संचारकर्मीहरुमाथि भएको हस्तक्षेपका मधेसी पत्रकार समाज प्रदेश नम्बर २का अध्यक्ष वीरेन्द्र रमणले भत्र्सना गरेका छन। पक्राउ परेका संचारकर्मीहरुको अविलमब् रिहाईको मांग गरिएको छ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: