जनकपुर जलेश्वर सडक खण्डमा व्यापक अनियमितता


जनकपुर जलेश्वर सडक खण्डमा निर्माणको क्रममा व्यापक अनियमितता भईरहेको संघीय संसदको विकास तथा प्रविधि समितिले ठहर गरेको छ। समितिका संयोजक सांसद इन्दु शर्माले सो सडक खण्डमा निकै नियमितता भईरहेको आफुले अनुगमनको क्रममा पाएको जानकारी दिनुभयो । संघीय सांसद अन्तर्गत विकास तथा प्रविधि समितिले स्थलगत अनुगमको क्रममा ठेक्का समझौता भएको २०७३ भदौ २३ गते भएपछि कार्य जून प्रकारले हुनुपर्ने हो त्यो न देखिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
अनुगमनको क्रममा सडकको कार्यमा गुणस्तरहीन, कम असल कार्य, सम्झौता विपरीत कार्य भएको समितिका संयोजक शर्माले पात्रकार सम्मेलनमा जानकारी गराइन् ।
जनकपुरदेखी भीठमोड सम्मको १८ किलोमीटरलाई दुई भागमा विभाजन गरी दुर्ई ठिकेदार कम्पनीलाई जिम्मा दिएको थियो  । तर, सम्झौता अनुसार कार्य न भएको अनुगमन समितिको ठहर रहेको छ ।ठिक्का सम्झौताको अब ४ महिना मात्र बाँकी रहेकोले गर्दा समयमा काम न सकिने स्पष्ट रहेको संयोजक शर्माले पत्रकार  सम्मेलन मार्फत खुलाएका हुन् ।सडकमा प्रयोग गरिएको माटो समेत सडक छेउबाट नै झिकिएको छ शर्मा भन्छिन यो सम्झौता विपरीत हो ।
शर्माले पत्रकार सम्मेलनमा भनिन्, ‘स्थानीयको जग्गाबाट माटो प्रयोग गरिएको छ यस्तो न हुनुपर्ने हो तर, त्यस्तै देखिएको छ ।’निर्माण कम्पनीले दिखाए अनुसार ५ प्रतिशत कार्य सम्पन्न न भएको शर्माले भनिन् ।
अनुगम समितिले ठिक्कामा संलग्न ठेकेदार र कर्मचारी सबै अनुसन्धानको घेरामा रहेको र समितिले आफ्नो प्रतिबेदन (रिपोर्ट) बुझाउदा कारवाहीको लागि कार्यमा संलग्न सबैलाई कठघरामा उभ्याउने शर्माको कथन छ । ऐतिहासिक र व्यापारिक मार्गको रुपमा बहुचर्चित सडक खण्डको अवस्था र दुरावस्थाबारे बारम्बार सूचना मागदा समेत सूचना उपलब्ध न गराएको गुनासाहरु समेत सुनिएको अनुगम समितिको कथन छ ।
सडकलाई स्तरउन्नति बनाउन दबाव दिने स्थानीयको इक्षालाई अनुगमन समितिले सम्बन्धित स्थानमा राख्ने संयोजक शर्माले पत्रकार सम्मेलनमा जानकारी गराएकी छिन् । अनुगमन समितिका अर्का सदस्य मीनाक्षी झाले भौतिक मन्त्रालय र अन्य सरोकारवालालाई बारम्बार ध्यानाकर्षण गराएको स्पष्ट परिन् । विगत १० वर्ष देखीको लामो संघर्ष गरेर सुरु भएको यो सड़कको कार्य ठीकेदारले दुई नम्बरी काम गरेको आफ्नै नजरले हेरेको जिकिर गर्दै झाले भनिन, ‘अब हामी अनुगमनको क्रममा देखेको त्रुटि र समश्याहरु बारे सम्बन्धित स्थानमा प्रतिवेदन बुझाउने स्पष्ट पारिन ।
यो सडक कुनै पार्टी विशेषको न रहेको आम जनताको र भारत नेपाल जोड्ने ऐतिहासिक सडक भएकोले कुनै प्रकारको बहाना न चलने झाको कथन छ । कागजमा देखाईएको प्रगति सडकमा न देखिएको झाले भनिन, ‘यो प्रगति विवरणमा देखाईएको प्रतिशत बिल्कुल गलत रहेको ग्राऊंड जीरो हेर्दा सहजै हेर्न सकिन्छ ।’
समझौता अनुसार काम बिल्कुल नै न भएको अनुगम समितिका सदस्य झाको ठोकुवा छ । अनुगमनको क्रममा समितिले धनुषा र महोत्तरीको बिभिन्न स्थानमा अन्तरक्रिया छलफल गरेर स्थानीयको बुझाई समेत संकलन गरेको छ ।  २०७३ मा समझौता भएको जनकपुर–जलेस्वर–भिट्ठामोड सडक खण्ड आउँदो भदौ ८ गते चार महिनापछि मिति समाप्त हुँदैछ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: