प्रदेश नम्बर २ले १९ प्रतिशत मात्रै बजेट खर्च गर्न सके

प्रदेश नम्बर २ सरकारले संघीय सरकारले ल्याएको बजेटको विरोध गरिरहेको भएपनि प्रदेश नम्बर २ सरकारले करिब १९ प्रतशित बजेट मात्रै खर्च गर्न सकेको छ। आर्थिक मसान्त सकिने लाग्दा समेत बजेट खर्चको अवस्था राम्रो देखिएको छैन । आकारका हिसाबले प्रदेश २ तेस्रो ठूलो बजेट ल्याउनेमा पर्छ । तर उसले करिब १९ प्रतिशत मात्र खर्च गर्न सकेको छ । पुँजीगत खर्च १९ र चालु खर्च १८ प्रतिशत खर्चेको छ । प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवका अनुसार कर्मचारी अभाव ठूलो समस्या हो । ‘एक त कर्मचारी पर्याप्त छैन, त्यसमा पनि भएका कर्मचारी लगालग सरुवा हुँदा बजेट खर्च गर्न सकिएन,’ उनले भने, ‘एक वर्षमा मन्त्रालयहरूका सचिव ३ पटक सरुवा भए । अनि कसरी हुन्छ खर्च ?’
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: