विश्वकप क्रिकेटमा आज श्रीलङ्का र दक्षिण अफ्रिका खेल्दै


विश्वकप क्रिकेटमा आज श्रीलङ््का र दक्षिण अफ्रिकाबीचको खेल हुँदैछ । रिभरसाइड मैदानमा आज नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ । सेमिफाइनल यात्रालाई कायमै राख्नका लागि आजको खेल श्रीलङ्काको लागि जित्नै पर्ने दवाव छ ।  पराजित भएमा श्रीलङ्काको सेमिफाइनल पुग्ने सम्भावना कमजोर हुनेछ । ६ खेलमध्ये दुई खेलमा जित दुई खेलमा हार र दुई खेल वर्षाको कारण रद्द भएपछि अङ्क बाँडेको श्रीलङ्काको ६ अङ्क छ । अङ्क तालिकाको सातौँ स्थानमा रहेको श्रीलङ्का अन्तिम चारमा पर्दै सेमिफाइनलमा स्थान बनाउनका लागि उसले अबको सबै खेल जित्नु पर्ने हुन्छ । दक्षिण अफ्रिका विश्वकप क्रिकेटबाट बाहिरिसकेको छ । उसले खराब प्रदर्शन गर्दै एक खेलमा मात्रै जित र पाँच खेलमा हार तथा एक खेल पानी परेपछि अङ्क बाँड्दै तीन अङ्क बनाएको    छ । दक्षिण अफ्रिकाको अबको खेल उसको प्रतिष्ठाका लागि मात्र हुनेछ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: