सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको ७० हजार


सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आज नेपाली बजारमा सुनको भाउ प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ । विश्वभरी सुनको माग बढेसँगै नेपाली बजारमा पनि सुनको भाउ अहिलेसम्मकै उच्च बनेको हो । हिजोभन्दा आज तोलामा पाँच सय रुपैयाँ बढेर सुनको भाउ ७० हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । साउनको पहिलो सातादेखि लगातार उकालो लागेको सुनको मूल्य मंगलबारभन्दा बुधवार प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढेको थियो । साउन १ गते सुनको मूल्य ६४ हजार पाँच सय रुपैयाँ रहेको थियो । जुन साउन २३ गते आजसम्म आइपुग्दा प्रतितोला पाँच हजार पाँच सय रुपैयाँ बढेको छ । जसका कारण बजारमा सुन खरिद गर्ने भन्दा बिक्री गर्ने चाप बढेको छ भने सुन बैंकमा थुप्रिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघको तथ्यांकअनुसार, दैनिक २५ देखि ३० किलोसम्म सुनको बिक्री हुने गरेको थियो । भाउ बढेसँगै अहिले दैनिक १० किलोको हाराहारीमा मात्र बिक्री भइरहेको छ ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: