लोकसेवा विधेयक पारित, कर्मचारी भर्नाको बाटो खुल्यो

प्रदेश नं. २को प्रदेश सभाले लोकसेवा विधेयक सर्वसम्मतले पारित गरेको छ ।
विधेयकमाथि नेपाली काँग्रेसका प्रदेश सभा सदस्य शिवचन्द्र चौधरी र नेकपाका सदस्य गोविन्द न्यौपानेले राख्नु भएको जिज्ञासाको मुख्यमन्त्री लालबाबु राउतले जवाव दिनु भएपछि प्रदेश सभाले विधेयक सर्वसम्मतिले पारित गरेको हो । कर्मचारी अभावको कारण सरकार प्रभावकारी रुपले काम गर्न भन्नु हुँदै मुख्यमन्त्री राउतले विधेयक पारित भएपछि आफनै कर्मचारी भर्ना गरेर सरकार संचालन सहज बनाउने बताउनु भयो ।
लोकसेवा आयोगको विधेयक पारित भएपछि प्रदेश सरकारले कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । यस अघि प्रदेश सरकारले प्रहरी विधेयक पारित गरेपनि लोकसेवा आयोग नभएका कारण प्रहरी भर्ना गर्न सकेको थिएन ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: