रवि लामीछाने थप पांच दिन थुनामा राखिने


आत्महत्या दुरुत्साहनअन्तर्गत अनुसन्धानका क्रममा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई थप पाँच दिन थुनामा राख्न जिल्ला अदालत चितवनले आदेश दिएको छ । उनीहरूलाई थप अनुसन्धान गर्नका लागि थप पाँच दिन थुनामा राख्न म्याद थप गरेको श्रेस्तेदार रूद्रमणि गरीले जानकारी दिनुभयो । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि चितवन प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई गत बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो । यसअघि तीनै जनालाई ३० साउनबाट लागू हुने गरी पाँच दिनको म्याद थप गरी थुनामा राखिएको थियो । सोही अवधिमा अनुसन्धानका लागि दश दिन थुनामा राख्न प्रहरीले आदेश माग गरेको थियो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: