भूमिसम्बन्धि (आठौं संशोधन) विधेयक, २०७५’ समितिबाट पारित


संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘भूमिसम्बन्धि (आठौं संशोधन) विधेयक, २०७५’ पारित गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले पेश गरेको सो विधेयक समितिका सदस्यहरु, संशोधनकर्ता सांसदहरु र विज्ञहरुको सुझावसहित पारित गरेको हो । समितिका सदस्य, संशोधनकर्ता सांसदहरु र विज्ञहरुसहितको सुझावलाई समेटेर सो विधेयक पारित गरिएको समितिकी सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिनुभयो । उहाँले समितिले पारित गरेको सो विधेयक छिट्टै प्रतिनिधिसभामा पेश गर्ने सीआईएनसँग बताउनुभयो । सहरी क्षेत्रका भूमिहिन सुकुम्बासीहरुलाई आवश्यकता अनुसार नेपाल सरकारले आवास उपलब्ध गराउन वा सामूदायिक बसोबासको व्यवस्था मिलाउन वा जग्गा विकासको माध्यामबाट जग्गा उपलब्ध गराउने सक्ने व्यवस्था विधेयकमा गरिएको छ । सभापति सुवेदीले पारित विधेयकमा सरकारी कार्यालय भवन निर्माणका लागि गौचरको जग्गा नेपाल सरकारको स्वीकृति लिएर प्रयोग गर्न सकिने प्रावधान पनि विधेयकमा राखिएको जानकारी दिनुभयो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: