काग्रेस र समाजवादीमा फुट ,राजधानी र नामको विषयमा प्रस्ताव दर्ता


प्रदेश नम्बर २को स्थायि राजधानी र प्रदेशको नामको विषयमा प्रस्ताव दर्ता गराउने अन्तिम समय सिमाको दिनमा राजधानी विषयमा पांच वटा र प्रदेशको विषयमा चार वटा प्रस्ताव दर्ता भएको छ। दिउसो पांच बजे समय दिइएको समय सिमा भित्र दलगत र स्वतन्त्र गरि प्रस्ताव दर्ता गराइएको छ। प्रदेश २ को सत्तासिन दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश २ को नाम ‘मधेश’ राख्ने संयुक्त प्रस्ताव दर्ता गराएको छ । यस्तै प्रदेशको राजधानी जनकपुरधाम, मिथिला माध्यमिकी सडक र धनुषा जिल्लाको उत्तरमा ढल्केबार राजमार्ग छुँदै पूर्वमा कमला नदी र दक्षिणमा नेपालको सीमासम्मको भागलाई राख्न प्रदेशसभा सचिवालयमा संयुक्त प्रस्ताव बिहीबार दर्ता गराएको हो ।नामको प्रस्ताव राजपा नेपाल संसदीय दलका प्रमुख सचेतक प्रमेश्वर साह र राजधानीको प्रस्ताव समाजवादी पार्टीका मुख्य सचेतक शैलेन्द्रप्रसाद यादवले दर्ता गराउनु भएको हो ।Surfe.be - passive income संचारकर्मीसंग कुराकानी गर्दै यादवले आफुहरु दुई पार्टी बिचमा सहमति रहेको र सबै दलहरुसंग छलफलको प्रयास गरेर अगाडि बढन तयार रहेको बताउनुभयो । उहाले आफुहरुको प्रस्ताव पारित हुनेमा विश्वासत रहेको बताउनुभयो ।
यस्तै समाजवादीका ७ जना सांसदले राजधानी वीरगञ्ज हुनुपर्ने फरक मत सहित प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । समाजवादी पार्टीका सांसद सिंहासन साह कल्वारको नेतृत्वमा सांसद प्रह्लाद गिरी गोसानी, करिबमा वेगम, जनक अन्सारी, अंजु यादव, भिमा यादव र रागनी देवी बर्णमालले वीरगञ्ज राजधानी हुनुपर्ने पक्षमा पार्टी संसदीय दलको निर्णय विपरीत प्रस्ताव दर्ता गराएका हुन् । सिहासन साहले आफुहरु विरगन्ज राजधानी हुनुपर्ने पक्षमा रहेको बताउनुभयो । उहाले विरगन्ज सबै भन्दा उपयुक्त रहेको जानकारी दिनुभयो । प्रदेश २ का सरकारको नेतृत्व गरिरहेका समाजवादी पार्टीका ७ जना सांसदले राजधानी वीरगञ्ज हुनुपर्ने फरक मत सहित प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् ।Surfe.be - Banner advertising service समाजवादी पार्टीका सांसद सिंहासन साह कल्वारको नेतृत्वमा सांसद प्रह्लाद गिरी गोसानी, करिबमा वेगम, जनक अन्सारी, अंजु यादव, भिमा यादव र रागनी देवी बर्णमालले वीरगञ्ज राजधानी हुनुपर्ने पक्षमा पार्टी संसदीय दलको निर्णय विपरीत प्रस्ताव दर्ता गराएका हुन् ।समाजवादी र राजपाले नाम ‘मधेश’ र राजधानी जनकपुरधाम, मिथिला माध्यमिकी सडक र धनुषा जिल्लाको उत्तरमा ढल्केबार राजमार्ग छुँदै पूर्वमा कमला नदी र दक्षिणमा नेपालको सीमासम्मको भागलाई राख्न प्रदेशसभा सचिवालयमा संयुक्त रुपमा प्रस्ताव बिहीबार दर्ता गराएको हो । प्रदेश २ को प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रदेशको नाम मिथिला भोजपुरा र राजधानी जनकपुधाम उपमहानगनरपालिका राख्ने प्रस्ताव पेश गरेको छ ।बिहीबार प्रदेशसभा सचिवालयमा प्रदेश २ को नाम मिथिला भोजपुर र राजधानी जनकपुरधाम उपमहानगरपालिका भित्रलाई राख्ने गरी प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गर्नका लागि प्रस्ताव दर्ता गरेको हो ।नामका प्रस्ताव काँग्रेसका प्रदेश सांसद नरेश कुमार यादवले पेश गर्नु भएको छ भने र राजधानीको प्रस्ताव काँग्रेस संसदीय दलका नेता रामसारोज यादवले दर्ता गर्नुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश २ को नाम जानकी राख्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ । प्रदेश २ को नामाकरण जानकी र प्रदेशको राजधानी जनकपुर परिक्रमा मार्ग सहित पुरै धनुषा जिल्ला निर्धारण गर्न बिहीबार प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गर्न प्रस्ताव दर्ता गरेको हो ।नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले वृहत्त सोचको आधारमा अगाडि बढनुपर्ने आवश्यकता रहेको बताउनुभयो । Surfe.be - passive income नेकपाको तर्फबाट जानकी प्रदेश नामाकरण सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रतुत गर्ने प्रस्ताव सांसद रामकुमार यादवले दर्ता गराउनु भएको छ भने रजाधानी जनकपुर परिक्रमा मार्ग सहित पुरै धनुषा जिल्ला हुनुपर्ने प्रस्ताव नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले दर्ता गराउनु भएको छ । नेपालको संविधान अनुसार प्रदेशको नामाकरण र राजधानी टुंगो लगाउन प्रदेशसभामा कायम रहेको सदस्य संख्याको २ तिहाई बहुमत चाहिन्छ । ररररररररररररररररररर
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: