मुख्यमन्त्री राउतद्वारा जानकी मन्दिर सौन्दर्यीकरणको अनुगमन


मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारद्वारा जानकी मन्दिरमा जारी सौन्दर्यीकरण कार्यको स्थलगत अनुमन गर्नु भएको छ । आज विहानै मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहित जानकी मन्दिर पुग्नु भएको मुख्यमन्त्री राउतले जारी सौन्दर्यीकरणको कार्य वारे जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव र छोटे महन्थ राम रोशन दास संग छलफल गर्नु भएको हो । छलफलको क्रममा महन्थ दासले प्रदेश सरकारद्वारा आठ करोडको लगानीमा जारी सौन्दर्यीकरणको कार्य उत्साह जनक रहेको बताउनु भएको छ । सोही क्रममा मुख्यमन्त्री राउतले जानकी मन्दिरको थप सौन्दर्यीकरणको लागि विवाह मण्डपलाई रामायणकालिन प्राचिन शैलीमा पुनःनिर्माण तथा जानकी मन्दिर विवाहमण्डप, अरगज्जा सर , तेलहा मरहा सहितको गुरु योजना निर्माण गरि एकद्वार प्रणाली मार्फत सौन्दर्यीकरणको कार्यलाई अघि बढाउने बताउनु भएको छ । यस आर्थिक वर्षमा पनि १० देखी १५ करोड सम्म जानकी मन्दिरको सौन्दर्यीकरणमा प्रदेश सरकार लगानी गर्ने योजना बनाएको उहाँले बताउनु भयो । गुरु योजना निर्माणको लागि आर्टिटेक्ट इन्जिनियर, जानकी मन्दिरको प्रतिनिधि र पुरातत्व विभागको प्रतिनिधि सहितको टोली निर्माण गरिने मुख्यमन्त्री राउतले बताउनु भएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: