शिक्षक सिकाई केन्द्रित भए मात्र शिक्षाको गुणस्तर बढनेमा शिक्षामन्त्री पोखरेलको जोड


शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नेपालको शिक्षामा अपेक्षाकृत सुधार गर्न नसकिएकाले सरकारले यसमा विशेष जोड दिइरहेको बताउनुभएको छ । आजबाट ललितपुरमा सुरु भएको गुणस्तरीय शिक्षासम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री पोखरेलले सरकारले गुणात्मक शिक्षामा जोड दिईरहेको बताउनुभएको हो । उहाँले देशभरि रहेका शिक्षक सिकाई केन्द्रित भएमा मात्रै बालबालिकाको सर्वाङ्गिण विकास हुनेमा जोड दिनुभयो । अहिले सरकारले शिक्षामा सबैको पहुँच पु¥याउन भर्ना अभियानलगायतका विशेष कार्यक्रम गरिरहेको पनि मन्त्री पोखरेलले जानकारी दिनुभयो । उहाँले स्थानीय सरकारले सामुदायिक विद्यालयको स्वामित्व लिएकाले शिक्षाको गुणस्तर बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो ।Surfe.be - Banner advertising service सरकारले नीति नै बनाएर सार्वजनिक शिक्षण सबलीकरणको अभियान सुरु गरेको जानकारी दिँदै सम्मेलनमा शिक्षा सचिव खगराज बरालले शैक्षिक क्षेत्रको रुपान्तरणमा स्थानीय सरकार, सरोकारवाला निकाय सबै एक जुट भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । पूर्व विद्यालय शिक्षादेखि विद्यालय तहसम्मको शिक्षामा ल्याउन सकिने सुधारका सम्बन्धमा शिक्षण विधि, अनुसन्धान, परिवर्तित विश्व अर्थ–राजनैतिक तथा विविध विषयमा छलफल गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले बताउनुभयो । शिक्षकको क्षमता विकासको लागि यस्तो सम्मेलन देशैभरि गर्ने योजना सरकारले बनाएको पनि उहाँले सुनाउनुभयो । शिक्षा तथा मानव स्रोत विकास केन्द्र र रातो बङ्गला फाउन्डेशनको संयुक्त आयोजनामा सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा रातो बङ्गला फाउण्डेशनका अध्यक्ष डाक्टर शान्ता दीक्षितले सबैलाई स्वागत गर्दै बालबालिका केन्द्रित शिक्षामा जोड दिनको लागि कार्यक्रमको आयोजना गरिएको जानकारी गराउनुभयो । सम्मेलनले पहिलो अन्तराष्ट्रिय सम्मेलनले जारी गरेको घोषणापत्रको कार्यान्वयनको विश्लेषण गर्दै फेरि काठमाण्डौँ घोषणापत्र जारी गर्ने फाउन्डेशनका अध्यक्ष दीक्षितले बताउनुभयो । दिगो विकासको चौथो लक्ष्य गुणस्तरीय शिक्षा र नेपालमा विद्यालय क्षेत्र सुधार योजना अन्तर्गत काम गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ । सम्मेलनमा नेपालका लागि युरोपियन युनियन प्रतिनिधि मण्डलका राजदूत भेरोनिका कोडिले कार्यक्रमको सफलताको लागि शुझकामना व्यक्त गर्नुभयो । स्ट्यानफोर्ड सेन्टर फर अपरचुनिटी इन एजुकेशनका कार्यकारी निर्देशक प्रमुख डाक्टर जोन डेविडले स्नाइडरले पनि आफ्नो अनुभव सम्मेलनमा राख्नुभयो । आजदेखि सुरु भएको यो सम्मेलन ९ गतेसम्म चल्नेछ । सम्मेलनमा ६० वटा कार्यशाला सञ्चालन हुनेछन् भने ७५ कार्यपत्र प्रस्तुत हुने आयोजकले जनाएको छ । सम्मेलनमा देशभित्र र बाहिरबाट गरी शिक्षासँग सरोकार राख्ने ६ सयभन्दा धेरैको सहभागिता रहेको छ ।Surfe.be - Banner advertising service
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: